ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बसको ठक्करले दुई जनाको मृत्यु भएपछि राजमार्ग अवरुद्ध


admin
कार्तिक १८, २०७६ सोमबार  २ : २७ बजे

कैलाली,१८ कात्तिक । पूर्वपश्चिम राजमार्गको पहलवानपुरमा बसको ठक्करबाट दुईजनाको मृत्यु भएको विषयलाई लिएर स्थानीयले सडक खण्ड अवरुद्ध पारेका छन् ।

आइतबार भे १ ख १७३२ नम्बरको बसले से ३ प ६३७६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा स्थानीय रामबहादुर चौधरी र मानबहादुर चौधरीको मृत्यु भएपछि स्थानीय र आफन्तले घोडाघोडी नगरपालिका १० पहलमानपुरमा सडक अवरुद्ध पारेका हुन् ।

बस समितिका पदाधिकारी र मृतका आफन्त तथा स्थानीयबीच पहलवानपुरमा रहेको शसस्त्र प्रहरीको बेसक्याम्पमा छलफल चलिरहेको स्थानीय प्रताप चौधरीले जानकारी दिनुभयो ।इलाका प्रहरी कार्यालय सुख्खडका प्रमुख प्रहरी निरीक्षक हरिशरण भट्टले स्थानीयले क्षतिपुर्ति र चालकलाई कारवाहीको माग गर्दै राजमार्ग अवरुद्ध पारेको बताउनुभयो । बिहान ८ बजेदेखि नै राजमार्ग अवरुद्ध पारेका स्थानीयले प्रमुख जिल्ला अधिकारीको आग्रहमा सडक खुलाएका थिए । तर वार्ता चलिरहेका बेला स्थनीयले फेरि सडक अवरुद्ध पारेका हुन् ।

राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनहरु राजमार्गमा नै रोकिएका छन् । सयौं यात्रु अलपत्र परेका छन् ।आफन्तले मृतकको शव समेत उठाएका छैनन् भने। घटनास्थलमै मुत्यु भएका रामबहादुरको शव सडकमै छ । उपचारका लागि अस्पताल ल्याउँदै गर्दा मृत्यु भएका मानबहादरको शव सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

घरबाटै पक्राउ परे दुर्गा प्रसाईं

रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com