ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम बजेट बाँडफाँट


admin
१८ कार्तिक २०७६, सोमबार   १ : १०   बजे

नुवाकोट, १८ कात्तिक । नुवाकोट निर्वाचन क्षेत्र नं १ का सांसद हितबहादुर तामाङले ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’ अन्तर्गत प्राप्त रु छ करोड बजेट विभिन्न २९ योजनामा बाँडफाँट गर्नुभएको छ । कार्यक्रम निर्देशक समितिको विदुरमा आइतबार बसेको बैठकले निर्वाचन क्षेत्र नं १ का विभिन्न सात वटा गाँउपालिकाबाट माग भएर आएका तथा आवश्यकताको आधारमा विनियोजन हुने गरेर ती योजनामा बजेट तर्जुमा गरिएको सांसद् तामाङले जानकारी दिनुभयो ।

अघिल्लो वर्षको जस्तै यो वर्ष पनि बजेट विनियोजनमा सडक निर्माण तथा विस्तारलाई प्रथामिकता दिइएको छ । तर्जुमा गरिएको बजेटमा ककनी गाउँपालिकामा पाँच, पञ्चकन्या गाउँपालिकामा तीन र दुप्चेश्वर गाउँपालिका, तादी गाउँपालिका, लिखु गाउँपालिका, सूर्यगढी गाउँपालिका र शिवपुरी गाउँपालिकामा समान चार–चार योजना समावेश गरिएको छ ।

“अघिल्लो वर्ष रु चार करोड रहेकोमा यो वर्ष दुई करोड थप भएर प्राप्त भएको रु छ करोड बजेटअन्तर्गत तोकिएको मापदण्डअनुसार रु पचास लाखभन्दा ठूला योजना ६ वटा तर्जुमा गरिएको छ”, सांसद तामाङले भन्नुभयो “सडकलाई प्रमुख प्राथमिकता दिएर बजेट विनियोजन गरे पनि ठूलो योजनामा शिक्षा, कृषि, विपद् व्यवस्थापनसहितका नयाँ योजनालाई प्रथामिकता दिइएको छ ।”

ठूलो योजनाअन्तर्गत रु ५० लाखको योजनामा महाकालीको सिलामेमा रहेको जानकी माविको भौतिक पूर्वाधार निर्माण, गाउँखर्कको माप्ले माविको पर्खाल निर्माण, तादी गाउँपालिकास्थित कोषगाढेको पहिरो नियन्त्रण गर्न, लिखु र पञ्चकन्यामा थालिएको सामूहिक तरकारी खेतीलाई प्रवद्र्धनका लागी कृषि उपज सङ्कलन केन्द्र स्थापना गर्न बजेट छुट्टाइएको छ ।

बजेटले निर्वाचन क्षेत्रभित्रका सबै जनताले मागेका योजनाको सम्बोधन गर्न नसके पनि सम्बन्धित स्थानीयतहका सरोकारवाला, स्थानीयतहको गाँउसभामार्फत् प्राथमिकतामा रहेका योजना, कार्यक्रम परामर्श समितिको बैठकलगायतको सुझाव समावेश गरेको सांसद तामाङले बताउनुभयो ।

पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत क्षेत्र नं। २ का सांसद नारायणप्रसाद खतिवडा सम्बन्धित स्थानीयतहका सरोकारवाला, सरकारी निकाय, स्थानीयतहले प्रथामिकतामा राखेका योजनाका विवतरण सङ्कलन, स्थानीयतहका प्रमुख–उपप्रमुखलगायतसँग छलफलमार्फत राय एवं सुझाव सङ्कलनको क्रममा रहनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group