काठमाडौं, १८ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रदेश प्रमुखको नाम टुंगो लगाउन सचिवालय बैठक भएको हो ।
आजको बैठकले सातै प्रदेशका प्रमुखको नाम टुंगो लगाउने छ । सचिवालय बैठक लगत्तै बस्ने मन्त्रिपरिषद् बैठकले नियुक्तीका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सिफारिस गर्नेछ ।
प्रदेश प्रमुखमा गोविन्द कलौनी, शर्मिला त्रिपाठी, अमिक शेरेचन, सोमनाथ अधिकारी प्यासी, तिलक परियार, धर्मनाथ यादव, विष्णु प्रसाई र सर्मिला त्रिपाठी प्रदेश प्रमुखका सिफारी भएका छन् ।
प्रतिक्रिया दिनुहोस्