अछाम, १७ कात्तिक । साईकल दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा अछाम साँफेबगर नगरपालिका ४ का पुर्ण सुनारका १८ वर्षिया छोरा अनिल सुनार रहेका छन् । आइतबार विहान सुनारले सिक्नका लागि चलाईरहेको साईकल बुढीगंगा नगरपालिका ६ स्थित साँफे मार्तडी हाइवे सडक खण्डमा पर्ने बाम्का बजार नजिकैको पहिरोमा खसेको थियो ।
साइकल संगै १ सय मिटर तल खसेका बालकको टाउकोमा गम्भिर चोट लागेको थियो । बार्जुगाढ प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक खगेन्द्र थापाको प्रहरी टोलीले बालकलाई जिवितै उद्धार गरेको थियो । बालकको उपचारका क्रममा साढे ३ बजे बयालपाटा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्