काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । उहाँले आज पुनः साढे ६ बजेका लागि बैठक बोलाउनु भएको हो । आजै आइतबार विहान पनि मन्त्रिपरिषद् बैठक बसेको थियो । बैठकले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा भगवान कोइरालालाई नियुक्त गर्ने लगायतका निर्णय गरेको थियो । अहिले बोलाइएको बैठकका एजेण्डाबारे मन्त्रीहरु लाई केहि जानकारी नभएको एक मन्त्रीले बताए ।
प्रतिक्रिया दिनुहोस्