ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेटवर्किङका नाममा ठगी हुदै आए यसरी समातिए ( भिडियोसहित)


एबीसी न्यूज
कार्तिक १७, २०७६ आईतबार   ११ : १३   बजे

बर्दिया, १७ कात्तिक । विशेष गरी बाके , बर्दिया , दाङ्ग , कैलाली र कन्चनपुर जिल्लाका गाउमा नेटवर्किङका नाममा ठगी हुदै आएको छ । बोनको प्रलोभन देखाउदै यस क्षेत्रमा नेटवर्किङका नाउमा ठगी धन्दा हुदै आएको छ । ठगी धन्दामा संलग्नहरुलाई बर्दिया प्रहरीले नियन्त्रणमा लिइ सर्वाजनिक गरेको छ ।

अरियन्स् ग्लोबल मार्केटिङ्ग प्रालि लिमिटेड नामक बहुराष्ट्रिय कम्पनीको नाउमा ठगी गर्नेहरु प्रहरी फन्दामा परेका छन् । ठगीमा संलग्नहरुलाई प्रहरीले लामो समयको अनुसन्धान पछि पक्राउ गर्न सफल भएको हो । सर्वसाधारणलाई बोनको प्रलोभन देखाउदै उक्त गिरोहले पैसा उठाउदै आएको थियो । ग्राहकले खरिद गरेको फुड प्रोडक्टबाट १० देखि २० बोनस प्रतिशत रकम पाइन्छ भन्दै उक्त समूहले सर्वसाधारलाई झुक्याउदै आएको थियो । नेटवर्किङका नाउमा ठगि भईरहेको खबर पाएपछि संलग्नहरुलाई नियन्त्रणमा लिएको बर्दिया प्रहरीले बताएको छ ।

बहुराष्ट्रिय कम्पनि अरियन्स् ग्लोबल मार्केटिङ्ग प्रालि लिमिटेड सिगापुर, फिलिपिन्स, युएई ,आईरल्यान्ड, मलेसीया,श्रीलंका भुटान लगायतका देशमा रहेको बताइएको छ । । नेपालमा क्रिष्टल केयर नामक संस्था भारतको चेन्नईमा प्रधान कार्यालय रहेको छ । नेपाल भारतको सीमा नजिक लखिमपुर भन्ने स्थानमा नेचुलर वइल इन्टरप्राइसेस् नामक कार्यालय खोलेको समेत प्रहरीले बताएको छ ।

कैलालीको टिकापुर वार्ड न १ का साजन चौधरीलाई सम्पर्कमा ल्याएपछि निजकै माध्यमबाट सोहि स्थानका सन्तोष चौधरी र कैलाली वैजापुरका मनोज चौधरीहरुबाट यो नेटवर्किङको धन्दा अघि बढेको हो । ठगहरुले कम्पनीमा प्रवेश गर्न प्रति व्यक्ती एक हजार रुपैयाको सदस्यता लिनु पर्दछ । सो पश्चात सदस्यता लिएकाहरुलाई ४ दिनको तालिम दिइन्छ र पाचौ दिनमा ग्राहकसंग बोल्न सक्ने र नसक्ने भनि सामान्य परिक्षा लिएपछि सदस्यहरुलाई अनिवार्य रुपमा २ जना सदस्य बनाउनु पर्दछ ।

यसरी सदस्य बनेपछि १० देखि २० प्रतिशत सम्म छुटमा औषधि पाउने प्रबन्ध छ । नया सदस्य थपेपछि बोनस पाउने बताइएको छ । पद वढदै गएपछि प्रोडक्टमा २४ प्रतिशत सम्म छुट पाउने सुविधासंगै कम्पनिको २ प्रतिशत सम्म फाइदा हुने प्रलोभनमा सर्वसाधार झुक्किएका हुन् । नेटवर्किङ्ग व्यापारमा एउटा ग्रुप हुन ३ जनाको आवश्यकता पर्दछ ।आफु बनिसकेपछि आफनो तल २ जना अनिवार्य रुपमा सदस्य बनाउनु पर्दछ । नबनाएको खण्डमा निज सदस्य नबनाउने व्यक्तिले कमिसन रकम पाउने छैन ।

कम्पनिले पैसा कमाउने तरिकालाई ७ भागमा विभाजन गरेको छ । सबै भन्दा सक्रृय सदस्यले फुड प्रोडक्ट किन्न पाउने र किन्दा पाएको छुट १० देखि २० प्रतिशत फाइदा हुने भन्दै सर्वसाधारणलाई झुक्याइदै आएको हो । यसरी सुरु हुने नेटवर्किङ्ग व्यापारको अनुसन्धान गर्ने क्रममा कैलाली , कन्चनपुर , बाके , बर्दिया , र दाङका करिब २ सय जना सर्वसाधारण प्रहरीले सीमा नाकाबाट उद्धार गरेको छ भने पिडित व्यक्तिहरुबाट आरोपितको पहिचान गरी हाल सम्म चार जनालाई पक्राउ गरिएको हो ।यसरी सर्वसाधारणलाई पैसाको प्रलोभन देखाएर ठगी धन्दा गर्नेलाई कडा कार्वाही गर्दै अबका दिनमा यस्ता गैरकानुनी नेटवर्किङ व्यापार पूर्णरुपमा निस्तेज पार्न राज्य संयन्त्रसंगै सर्वसाधारण सचेत बन्न आवस्यक छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group