ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेनाको नयाँ विमान काठमाडौँ आइपुग्यो, यस्तो छ विशेषता


एबीसी न्यूज
कार्तिक १६, २०७६ शनिबार  २ : ०२ बजे


काठमाडौं, १६ कात्तिक ।  नेपाली सेनाले इन्डोनेसियामा झन्डै साढे तीन अर्बमा खरिद गरेको नयाँ विमान शनिबार काठमाडौं आइपुगेको छ। सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले २ वर्षअघि खरिद सम्झौता गरेको सीएन २३५–२२० विमान शनिबार बिहान नेपाल आइपुगेको हो। विमान निर्माणका लागि सन् २०१७ जुनमा नेपाली सेनाले ३० मिलियन अमेरिकी डलरको सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो। यो रकम भनेको नेपाली ३ अर्ब ३८ करोड रूपैयाँ हो।

उक्त विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले निर्माण गरेको हो। सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार यो जहाज बहुउपयोगी भएको बताउनुभो ।  । विमानलाई आवश्यकताअनुसार परिमार्जन र उपयोगमा ल्याउन सकिने खालको भएको उहाँले बताउनुभो।

सेना आफैले खरिद गरेको यसले विपतमा सघाउनेछ, सैनिक गतिविधि सञ्चालनमा समेत प्रयोग हुनेछ।’ विशिष्ट व्यक्ति (भीभीआईपी) को हवाई यात्रादेखि कार्गो सुविधासम्म सञ्चालन गर्न सकिने नेपाली सेनाले जनाएको छ ।

‘यो विमान विपद्को समयमा विभिन्न सैन्य गतिविधिका लागि सञ्चालन गरिनेछ । यो विमानले विशेषगरी मान्छे बोक्ने, सामान बोक्ने र प्यारा टोलीलाई जम्प हान्न पनि उपयोगी हुन्छ’, प्रवक्ता पाण्डेले भन्नुभयो । यो विमानको परीक्षण उडानको प्रक्रिया भने बाँकी नै रहेको उहाँले जानकारी दिनुभयो ।

साथै यो विमान हवाई यात्रादेखि कार्गो सुविधा पनि सञ्चालन गर्न सकिन्छ । विमानलाई परिमार्जन गरेर पनि आवश्यकताअनुसार विभिन्न उपयोगमा ल्याउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

आज र भोलि कोशी र गण्डकीका केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना, तराई क्षेत्रमा गर्मी घट्ने अनुमान

आईपीएल क्रिकेटमा गुजरातले चेन्नईलाई हरायो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

प्रदेश सरकारको संरचना पुनःसंयोजन, मन्त्रालय घटाउने विषय मुख्य एजेन्डामा छलफलमा कांग्रेस

पहाडी र हिमाली भेगमा वर्षा र हिमपातको सम्भावना

भारतको जलमार्ग र चीनको बन्दरगाह हुँदै विश्व बजार पुग्ने १८ बुँदे ‘राष्ट्रिय प्रतिबद्धता’ ((पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com