काठमाडौं, १६ कात्तिक । नेपाली सेनाले इन्डोनेसियामा झन्डै साढे तीन अर्बमा खरिद गरेको नयाँ विमान शनिबार काठमाडौं आइपुगेको छ। सैन्य ‘ट्रान्सपोर्ट’ सुविधाका लागि सेनाले २ वर्षअघि खरिद सम्झौता गरेको सीएन २३५–२२० विमान शनिबार बिहान नेपाल आइपुगेको हो। विमान निर्माणका लागि सन् २०१७ जुनमा नेपाली सेनाले ३० मिलियन अमेरिकी डलरको सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो। यो रकम भनेको नेपाली ३ अर्ब ३८ करोड रूपैयाँ हो।
उक्त विमान इन्डोनेसियाको सरकारी कम्पनी पीटी डिरागान्ताराले निर्माण गरेको हो। सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेका अनुसार यो जहाज बहुउपयोगी भएको बताउनुभो । । विमानलाई आवश्यकताअनुसार परिमार्जन र उपयोगमा ल्याउन सकिने खालको भएको उहाँले बताउनुभो।
सेना आफैले खरिद गरेको यसले विपतमा सघाउनेछ, सैनिक गतिविधि सञ्चालनमा समेत प्रयोग हुनेछ।’ विशिष्ट व्यक्ति (भीभीआईपी) को हवाई यात्रादेखि कार्गो सुविधासम्म सञ्चालन गर्न सकिने नेपाली सेनाले जनाएको छ ।
‘यो विमान विपद्को समयमा विभिन्न सैन्य गतिविधिका लागि सञ्चालन गरिनेछ । यो विमानले विशेषगरी मान्छे बोक्ने, सामान बोक्ने र प्यारा टोलीलाई जम्प हान्न पनि उपयोगी हुन्छ’, प्रवक्ता पाण्डेले भन्नुभयो । यो विमानको परीक्षण उडानको प्रक्रिया भने बाँकी नै रहेको उहाँले जानकारी दिनुभयो ।
साथै यो विमान हवाई यात्रादेखि कार्गो सुविधा पनि सञ्चालन गर्न सकिन्छ । विमानलाई परिमार्जन गरेर पनि आवश्यकताअनुसार विभिन्न उपयोगमा ल्याउन सकिन्छ ।
प्रतिक्रिया दिनुहोस्