ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठगी गरेको आरोपमा चार पक्राउ


admin
१६ कार्तिक २०७६, शनिबार   १२ : ३४   बजे

काठमाडौं, १६ कात्तिक । नेटवर्किङ व्यापारको नाममा ठगी गरेको आरोपमा पक्राउ परेका चार जनालाई प्रहरीले आज सार्वजनिक गरेको छ ।

ओरेञ्ज ग्लोबल मार्केटिङ प्राली नामक बहुर्राष्ट्रिय कम्पनीमार्फत नेटवर्किङको नाममा ठगी गर्ने मुख्य आरोपित मध्यगुलरिया नगरपालिका–४ बस्ने विवक थारु, सोही नपाको वडा नं ५ का हिमाल भन्ने प्रजय चौधरी, बारबर्दिया नपा–७ का दीपक चौधरी र राजापुर नपा–३ की आशा थारु रहेका छन् ।

आफूहरु ठगिएको भन्दै स्थानीय पाँच जनाले संयुक्तरुपमा दर्खास्त दिएका आधारमा आरोपितलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताउनुभयो । नेटवर्किङ व्यापारको अनुसन्धान गर्ने क्रममा कैलाली, कञ्चनपुर, बाँके, बर्दिया र दाङ जिल्लाका २०० सर्वसाधारणलाई नाकाबाट उद्धार गरिएको पनि प्रहरी उपरीक्षक बाँस्तोलाले बताउनुभयो ।

प्रहरीले पक्राउ गरेका चारै जनाविरुद्ध ठगी मुद्दामा जाहेरी दर्ता गरी अनुसन्धान अगाडि बढाएको छ । प्रहरीका अनुसार बहुर्राष्ट्रिय कम्पनी ओरेञ्ज ग्लोबल मार्केटिङ प्राली नामक कम्पनी सिङ्गापुर, फिलिपिन्स, संयुत्त, अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, श्रीलङ्का, भूटानमा सक्रिय रहेको छ । भारतको चेन्नइमा प्रधान कार्यालय तथा नयाँदिल्लीमा शाखा कार्यालय स्थापना गरी नेपाल–भारत सीमा नजिक लखिनीपुर भन्ने स्थानमा नेचरल वैल इन्टरप्राइज नामक उपशाखा कार्यालयले नेटवर्किङ व्यवसायको नाममा विभिन्न खाद्य वस्तुको उत्पादन गरी सर्वसाधारणलाई ठगी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group