ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सुत्केरीको मृत्युपछि विराट नर्सिङ होममा तनाव


admin

विराटनगर,१५ कात्तिक । विराटनगरको विराट नर्सिङ होममा उपचार गराउन भर्ना भएकी सुत्केरीको मृत्यु भएपछि मृतकमा आफन्तले प्रदर्शन गरेका छन् ।

सामान्य प्रसुतिमार्फत छोरा जन्माएकी सुनसरी दुहरी नगरपालिका– ८ रनी गाउँकी २० वर्षीया रमिला कार्की घिमिरेको मृत्यु भएपछि उनका आफन्तले प्रदर्शन गरेका हुन् । बिहीबार राति विरामीको मृत्यु भएपछि चिकित्सकको लापरबाहीका कारण घटना भएको भन्दै आफन्त र स्थानीयले नाराबाजी समेत गरेका थिए ।

मंगलबार विराट मेडिकल कलेज टंकीशिनवारीमा छोरा जन्माएकी रमिलाको रक्तश्राव नरोकिएपछि चिकित्सकले सोही दिन दिउँसो पाठेघर फालिदिएका थिए । तर होस नखुलेपछि बुधबार दिउँसो विराट नर्सिङहोममा ल्याएर भेण्टिलेटरमा भर्ना गरिएको थियो ।

रमिलाका श्रीमान भूपाल घिमिरेले दिउँसो ३ बजे शल्यक्रिया सफल भएको चिकित्सकले बताएता पनि विरामीको अवस्थामा सुधार नआएको बताउनुभयो । तर बुधबार बिहानसम्म होस् नआएपछि टिचिङ अस्पतालबाट विराट नर्सिङ होममा ल्याएको बताउनुभयो । मृतकका आफन्तले शल्यक्रियामा लापरबाही गर्ने चिकित्सकलाई कारबाही र घटनाको छानबिन हुनुपर्ने माग राखेका छन् ।

जन्मिएको बच्चाको पनि मुटुको धड्कन ठीक नभएको भन्दै एनआईसीयूमा राखिएको थियो तर नवजात शिशुको पनि मृत्यु भइसकेको छ । सिकारु चिकित्सकलाई शल्यक्रिया गर्ने जिम्मा दिएका कारण आफूहरुले परिवारको सदस्य र भर्खर जन्मिएको शिशु गुमाउनु परेको मृतककी काकी रिमला घिमिरेले बताउनुभयो ।

अस्पतालका सञ्चालक समेत रहेका डा ज्ञानेन्द्रमान सिंह कार्की नेत्रृत्वको चिकित्सक टोलीले शल्यक्रिया गरेको थियो तर शल्यक्रियामा कुनै लापरबाही नगरिएको विराट नर्सिङहोमका सञ्चालकसमेत रहेका चिकित्सक ज्ञानेन्द्रमानसिंह कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com