ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डोल्पाका छ प्रहरी चौकी सदरमुकाम सारिए कारण यस्तो


एबीसी न्यूज
१५ कार्तिक २०७६, शुक्रबार   १२ : ३८   बजे


जाजरकोट, १५ कात्तिक । चिसोका कारण ज्यान जोगाउन मुस्किल भएपछि उपल्लो डोल्पाका छ प्रहरी चौकी सदरमुकामस्थित दुनैमा सारिएको छ । माथिल्लो डोल्पाका स्थानीय तहहरु शे–फोक्सुण्डो गाउँपालिकाको केन्द्र साल्दाङ र डोल्पो बुद्ध गाउँपालिकाको केन्द्र धोमा रहेका अस्थायी प्रहरी चौकी सदरमुकाम दुनै झारेपछि आफूहरूले असुरक्षित महसुस गरेको शे–फोक्सुण्डो गाउँपालिकाका अध्यक्ष टसितुण्डुप गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्थायी प्रहरी चौकीहरु उठाएर सदरमुकाम झारेपछि गाउँपालिकाका सबै कार्यालय, बैंकलगायत विभिन्न कार्यालयको सुरक्षामा चिन्ता बढेको छ ।”

वर्षेनी यार्सागुम्बाको याममा (वैशाख–जेठ) तिर माथि जाने र असोजको अन्तिमतिर सदरमुकाम दुनै झार्ने गरी शे–फोक्सुण्डो गाउँपालिकाको साल्दाङ, निजाल गुम्बा, राप, भिजेर र डोल्पो बुद्ध गाउँपालिकाको धो र ताक्सीमा रहेका अस्थायी प्रहरी चौकीहरु सदरमुकाम दुनै झारिसकिएको प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो ।

माथिल्लो डोल्पाको कठ्याङ्ग्रिने चिसो धान्ने बास, बर्दी, सवारी साधन, उपचार सेवा, बिरामी पर्दा छिटो उद्धारको व्यवस्था, चुस्त सञ्चार सुविधा, उच्च हिमाली क्षेत्रमा बस्नका लागि प्रोत्साहन हुने प्रकारको तलब, राशन, दुर्गमभत्तालगायत विभिन्न सेवा–सुविधा नभएकाले त्यहाँ हिउँदको समयमा प्रहरी अधिकृत र जवानहरुलाई ज्यानकै जोखिम मोलेर चौकी राख्न निकै समस्या भएको छ ।

डोल्पामा २० स्थायी र सात अस्थायी गरी २७ प्रहरी युनिट भएकामा माथिल्लो डोल्पाको शे–फोक्सुण्डो गाउँपालिकाका चार र डोल्पोबुद्ध गाउँपालिकाका दुई गरी छ प्रहरी चौकीहरु चिसो हावापानी र विविध सेवाका समस्याले टिक्न गाह्रो हुने भएकाले दुनै झारिसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

माथिल्लो डोल्पाकै छार्का ताङसोङ गाउँपालिकाको कागकोट केही हदसम्म तातो हुने भएकाले त्यहाँ रहेको अस्थायी प्रहरी चौकी यो वर्षबाट हिउँदमा पनि त्यही राख्ने निर्णय गरिएकाले यो वर्षदेखि हिउँदको समयमा पनि उक्त प्रहरी चौकी कागकोटमै रहने भएको प्रमुख रञ्जितकारले जानकारी दिनुभयो ।

तल्लो डोल्पाका धेरै गाउँबस्तीलाई धान्ने गरी प्रहरी युनिटहरु राखिएका छन् । यहाँ प्रहरीलाई शान्ति सुरक्षा कायम गर्न सहज छ । नेपालकै ठूलो जिल्ला र विकट भूगोल ओगटेको माथिल्लो डोल्पामा निकै कम प्रहरी युनिट भएपनि चिसो हावापानी र मौसमलाई धान्ने आवश्यक पूर्वाधारको प्रबन्ध नहुँदा वर्षा याममा माथिल्लो डोल्पा पठाउने र हिउँदमा सदरमुकाम झार्ने गरिएको जिल्ला प्रहरी कार्यालयले जनयो ।

विभिन्न अज्ञात समूहको गतिविधि बढिरहेको बेला माथिल्लो डोल्पा पूरै सुरक्षा निकायविहीन भएको छ । यही समयको मौका छोपेर यसअघिका वर्षहरुमा पनि विभिन्न डकैती, लुटपाट, कुटपिट, चोरीजस्ता अपराधका घटना भएका थिए । त्यहाँ स्थापित गाउँपालिका, वडापालिकालगायत सरकारी कार्यालयहरु र हालै स्थापित बैंकहरुलाई सुरक्षाको चिन्ता बढेको स्थानीयवासीले बताए ।

त्यहाँ बस्न हावापानी धान्ने प्रकारको गाँस, बास, कपास, सञ्चार, सवारी साधन, उपचारलगायत सेवा सुविधाको उचित प्रबन्ध गरी माथिल्लो डोल्पामा स्थापित गर्न सम्पूर्ण सरकारी, गैरसरकारी कार्यालय, बैंक र स्थानीयवासीको जीउधनको सुरक्षाका लागि पनि नेपाल सरकारले तत्कालै स्थायीरूपमा १२ महिना बस्ने गरी प्रहरी चौकीको व्यवस्था गराउन स्थानीयवासीले आग्रह गरे ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

सम्बन्धित

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group