ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहट बम काण्डमा आलम दोषी रहेको प्रहरीको निष्कर्ष


एबीसी न्यूज


रौतहट, १५ कात्तिक । २०६४ सालमा संविधानसभाको चुनावका बेला रौतहटको राजपुरमा बम बनाउने क्रममा विष्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा जलाएको अभियोगमा पक्राउ परेका आलम घटनामा दोषी रहेको निष्कर्ष प्रहरीले निकालेको छ ।

प्रहरीले कांग्रेसका केन्द्रीय सदस्य तथा निलम्बित सांसद मोहम्मद आफ्ताब आलम राजपुर बम काण्डमा दोषी रहेकाले उनीविरुद्ध मुद्दा चलाउनुपर्ने रायसहितको प्रतिवेदन शुक्रबार सरकारी वकिलको कार्यालयलाई बुझाउने भएको छ । फाइल शुक्रबार नै सरकारी वकिलको कार्यालयमा बुझाइए पनि आलममाथि शनिबार र आइतबार छठका लागि प्रदेश सरकारले बिदा दिएकाले सोमबार मात्र मुद्दा दायर हुने सम्भावना छ ।

आलमबारेको अनुसन्धान सकिएको र कुन–कुन कसुरमा मुद्दा चलाउने भन्नेबारे अन्तिम चरणको छलफल भइरहेकाले शुक्रबार नै फाइल जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाउने तयारी गरेको रौतहटका प्रहरी उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिनुभयो ।

आलमले घटना नै नभएको जिकिर गरिरहेका बेला मृतकका परिवार, प्रत्यक्षदर्शी, गाउँले, त्यसबेलाका स्थानीय र केन्द्रीय प्रहरी अधिकारीहरु, तथा घटनामा परेर बाँच्न सफल भएका ब्यक्ति समेतको बयानका आधारमा राजपुरमा त्यसबेला विष्फोट भएकै थियो भन्ने पुष्टि हुने प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com