ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिथिलामा सामा–चकेवा आज शुरु गरिँदै


एबीसी न्यूज
कार्तिक १५, २०७६ शुक्रबार   ९ : २५   बजे


होत्तरी, १५ कात्तिक । मिथिलामा लोकआस्थाको पर्व छठको बीचमै दाजुभाइ तथा दिदीबहिनीबीच प्रेम र समर्पणको प्रतीक मानिएको सामा–चकेवा पर्व आज शुरु हुँदैछ ।

कात्तिक शुक्ल पञ्चमी अर्थात् छठ पर्वको खरनाका दिन बोलीचालीमा ‘सामा’ भनिने सामा–चकेवा पर्व शुरु गर्ने मैथिल परम्परा छ । यसै परम्पराअनुसार मिथिलाका ललना ९छोरीचेली, दिदीबहिनी० ले आज सामा खेल शुरु गर्ने तयारी गरेका हुन् । कात्तिक शुक्ल पञ्चमीका दिन शुरु गरिने यो पर्व एघारौँ दिन कात्तिक पूर्णिमाका सामा–चकेवाको विसर्जन गरी समापन गरिनेछ ।

आजदेखि दश दिनसम्म मिथिला क्षेत्रका दिदीबहिनीले आफ्ना दाजुभाइको सौर्य बखान गर्दै दीर्घायुको कामनाका साथ सामा–चकेवा खेल्नेछन् । कात्तिक शुक्ल पञ्चमीका दिन (आज) मिथिलाञ्चलका दिदीबहिनीले समूहमा गीत गाउँदै गाउँ÷नगर बस्ती छेउका खेत तथा पाखामा गएर सामा–चकेवा बनाउन दाजुभाइको हातबाट माटो खनेर ल्याई सो माटो मुछेर विभिन्न प्रकारका कलात्मक सामा–चकेवा (माटाका मूर्ति, आकृति) बनाउनेछन् । सामा–चकेवा बेलुकासम्म सुकिसकेपछि त्यसमा विभिन्न प्रकारका रङ्ग भरेर सामा चकेवा रङ्गीचङ्गी बनाइनेछ । रङ्गिसकेको सामा–चकेवा रातको बेला रातो रङ्गको बाँसको डालामा राखेर दियोबाली गाउँ÷नगर बस्तीका चौक, चौराहा, दोबाटो, चौबाटो, सार्वजनिक धर्मशाला, मन्दिर र छठघाटमा समेत लगेर दश दिनसम्म गीत, नाच गर्दै चेलीबेटीले सामा चकेवा खेल्ने चलन छ ।

मिथिलानी ९मिथिलाका नारी० ले सामा खेल्न बनाएका सामग्रीमा सामा, चकेवा, सप्तर्षि, बृन्दावन, चुगला ९कुरौटे० र सतभैया नाम दिइएका पात्र हुने गर्छन् । सामा खेल्नेबेला दाजुभाइको सौर्य बखान गरिएको सुरिलो भाकाका गीतसँगै चुगलालाई गालीफजिती पनि गर्ने गरिएको छ । यसरी ‘चुगला’ लाई गरिने गालीमा कुरा लगाएर माया प्रेम टुटाउन खोज्ने कुरौटेको कहिल्यै भलो नहोस् भन्ने भाव समेटिएको हुन्छ ।

दाजुभाइ–दिदीबहिनीबीच प्रेम दर्शाउने यो पर्व करीब साढे पाँच हजार वर्षपहिले द्वापर युगबाट शुरु भएको मिथिला संस्कृतिका जानकार बताउँछन् । द्वापर युगमा श्रीकृष्णकी छोरी सामाले चक्रधर ९चकेवा० सँग प्रेम सम्बन्ध राखेको कुरा एउटा कुरौटे ९चुगला०ले कृष्णलाई भन्दा छोरी स्वच्छन्द प्रवृत्तिकी भई भन्ने रिसमा दुवै ९सामा र चकेवा० लाई चरा हुने श्राप दिएको पौराणिक कथा प्रसङ्ग यो पर्वको परिवेश रहेको याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठ मटिहानीका मैथिली भाषा साहित्य विषयका उपप्राध्यापक मनोज झा ‘मुक्ति’ बताउनुहुन्छ ।

कृष्णका श्रापले चरा भएर विचरण गरेकी बहिनी सामा र उनका प्रेमी चकेवाको मुक्तिका लागि कृष्ण पुत्र साम्बले शिवजीको तपस्या गरेर पिता रिझाउन सक्ने वरदान पाई कृष्णसँग गरेको याचनाबाट उनीहरु श्रापमुक्त भई पूर्वयोनीमा आएर विवाह गर्न पाएका पौराणिक वर्णन रहेको पाइन्छ । दाजु साम्बको त्यही गुनलाई सम्झँदै सामाले गाएकी गीतको यादमा दाजुभाइप्रति कृतज्ञता जनाउन सामाचकेवा पर्वको परम्परा बसेको झाको भनाइ छ ।

सामाचकेवा पर्वमा प्रयोग भएका आकृतिले पनि यो पर्व द्वापर युगमै शुरु भएको छनक दिन्छ । श्रापमा परेका बहिनी सामा र उनका प्रेमी चक्रधर ९चकेवा० लाई श्रापमुक्त गराउने उपायबारे साम्बले सप्तर्षिबाट अर्ती पाएपछि शिवको तपस्या गरेका बताइन्छ । त्यसैगरी श्रीकृष्णको अतिप्रिय नन्दन वन रहेको बृन्दावनमा आगो लागेको कथा खेलमा वर्णित छ । यद्यपि यो आगो लाग्यो भन्ने कुरा चाहिँ सामा र चकेवाको प्रेमसम्बन्धबारे चलेको चर्चाको प्रचारतर्फ सङ्केत रहेको विद्वानहरु बताउँछन् ।

सामा खेल्दा मिथिलानीले “बृन्दावनमें आइग लागल कोई न मुझाव रे।।, हमर साम्ब भैया बृन्दावनके आइग मुझाव रे।।।१” ९बृन्दावनमा आगो लाग्दा कसैले निभाएनन्, हाम्रै दाइ साम्बले त्यो निभाए० भन्ने भावको गीत गाएबाट पनि यो कुरा देखिने विद्वानहरुको मत छ । सामा खेलमा समूहगतरूपमा चेलीबेटी तथा छोरीबुहारी “गामके अधिकारी तोहे बरका भैया हो, भैया हातदश पोखरी खुनाइ दिय, चम्पा फूल लगाइदिय” ९गाउँका ठूला भनेकै मेरा ठूला दाजु हुन्, उनले पोखरी खनेर सुगन्धित चम्पा पूmल लगाइदिनेछन्० भन्ने भावका गीत गाउने गर्छन् । दाजुभाइको बहादुरी र सौर्यको बखान गर्दै संसारमा असम्भव मानिएका परोपकारी काम आफ्ना दाजुभाइले भने सहजै गर्ने दिदीबहिनीको गीतको भाव हुने गरेको छ । दिदीबहिनीले समूहमा गीत गाएर सामा चकेवा खेल्ने तथा समूहमै सबैले सबैको दाजुभाइको दीर्घायुको कामना गर्ने गर्दछन् ।

दश दिनसम्म सामा खेलेर दिदीबहिनीले एघारौँ दिनमा बिहानै सामा–चकेवालाई पुनः रङ्गरोगन गर्ने गर्छन् । दिनभरि ती आकृति सुकाएर बेलुका सामा–चकेवालाई दहीचिउरा खुवाउने र दाजुभाइको फार ९पोल्टा० भराउने चलन छ । यसलगत्तै दाजुभाइबाट सामा–चकेवा फुटाउन लगाएर ती टुक्रा बाजागाजा, गीतनाचका साथ दिदीबहिनीले बस्ती नजीकको निर्जन जोतिएको खेतमा लगेर विसर्जन गर्ने गर्दछन् ।

मिथिलाका चेलीबेटीबीच यो खेल अत्यन्त प्रिय छ । सामान्यतया सामा माइतमै खेलिने भए पनि माइत पुग्ने अनुकूलता नभएका दिदीबहिनीले घरमै यो पर्व मनाएर समापनमा दाजुभाइलाई आफ्नो घर बोलाउने गर्छन् । मिथिलामा सामा–चकेवा पर्व दाजुभाइ दिदीबहिनीबीच प्रेमको प्रतीक मानिएको छ ।

यस पर्वमा दाजुभाइ तथा दिदीबहिनी नहुनेले टोलछिमेका दाजुभाइ तथा दिदीबहिनीसँग यो पर्व मनाउँछन् । सामा–चकेवा पर्व खेल्नाले दाजुभाइको आयु लामो हुने तथा दिदीबहिनीप्रतिको सम्बन्ध प्रगाढ हुने जनविश्वासअनुरुप मिथिलामा यो पर्व लोकप्रिय बनेको छ ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group