ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीको आज गरिएको डाईलासिस सफल, आजै बालुवाटार जाने


एबीसी न्यूज

काठमाडौं, १४  कार्तिक  ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आज गरिएको दोस्रोे डाईलासिस सफल भएको छ । काठमाडौंको ग्रान्डी अस्पतालमा आज दोस्रो पटक गरिएको मृर्गौंलाको डाईलासिस सफलतापूर्वक सम्पन्न भएको हो ।

यो सँगै चिकित्सकहरुले प्रधानमन्त्री ओलीलाई आजै अस्पतालबाट डिस्चार्ज गर्ने तयारी भैरहेको सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिनुभयो । प्रधानमन्त्रीलाई डाईलासिस गरेपछि अस्पतालमै पुगेर भेट गर्नु भएका अध्यक्ष प्रचण्डले संचारकर्मीमाझ आज डाईलासिस गरिएको र प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न लागिएको बताउनुभयो ।

उहाँले आफूले प्रधानमन्त्री ओलीसँग कुरा गरेको र अवस्था सामान्य रहेको पनि जानकारी दिनुभयो । प्रधानमन्त्री ओलीले दाहालसँग आफ्नो स्वास्थ्यमा छिटो छिटो समस्या देखा परेको पनि बताउनु भएको थियो ।

अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री ओलीको फेरी डाइलासिस गर्नुपर्ने, नपर्ने भन्ने कुरा भने भोली, पर्सिको अवस्थालाई हेरेर मात्रै भन्न सकिने चिकित्सकहरुले बताएका थिए । प्रधानमन्त्री ओलीले हिजो ग्राण्डी अस्पतालमा पुगेर मृर्गौंलाको पहिलो डाईलासिस गराउनुभएको थियो ।

यता प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाह र अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभयो । डा. पाण्डेले पत्रकार सम्मेलन गरी आजै उहालाई डिस्चार्ज गर्ने निर्णय भएको जानकारी दिनुभयो । चिकित्सकले डिस्चार्ज दिएपछि उहा केहीबेरमा ग्राण्डी अस्पतालबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार जाने बताईएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com