काठमाडौं, १३ कात्तिक । नियमित स्वास्थ्य परीक्षणका लागि ग्राण्डी अस्पताल पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीको सबै परीक्षणको रिपोर्ट आउन बाँकी रहेकाले आज राति अस्पतालमै रहने सम्भवाना बढेको छ ।
अस्पताल स्रोतका अनुसार प्रधानमन्त्रीको उपचारमा संलग्न चिकित्सकहरुले स्वास्थ्य परीक्षणको रिपोर्ट विश्लेषण गरिरहेको जनाएको छ ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले भने विहान साँढे ९ बजे अस्पताल पुगेको प्रधानमन्त्री साँझसम्म निवास फर्किने प्रारम्भिक जानकारी दिनुभएको थियो ।
तर स्वास्थ्य परीक्षणको रिपोर्ट विश्लेषण भइरहेकाले प्रधानमन्त्रीका निजी चिकित्सक डा.दिव्यासिंह शाहले अस्पतालबाटै स्वास्थ्यको बारेमा मिडियामार्फत जानकारी गराउन लागेको अर्यालले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्