ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भाइटीका महोत्सवमा तीस विदेशीको सहभागिता


एबीसी न्यूज
कार्तिक १३, २०७६ बुधबार   २ : २१   बजे


पोखरा, १३ कात्तिक ।  पश्चिमाञ्चल होटल सङ्घले यहाँ आयोजना गरेको १३औँ भाइटीका महोत्सवमा ३० पर्यटकले सहभागिता जनाएका छन् । लेकसाइडस्थित बटरफ्लाई चाइल्ड केयर सेन्टरमा आयोजित महोत्सवमा रेन्वो चिल्ड्रेन होमका छात्राले पर्यटकलाई टीका लगाइदिएका थिए । नेपाली संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ सङ्घले वर्षेनी उक्त महोत्सव गर्दै आएकामा यसवर्ष १३औँ संस्करणको महोत्सव गरिएको सङ्घका अध्यक्ष विकल तुलाचनले जानकारी दिनुभयो ।

स्वदेशी तथा विदेशी पर्यटकमाझ आपसी भाइचारा अभिवृद्धि र राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली संस्कृतिलाई पहिचान गराउने उद्देश्यले महोत्सव आयोजना गरिएको उहाँले बताउनुभयो ।नेपाली परम्परानुसार पर्यटकलाई तिहारको टीका लगाउने, देउसी भैलो खेल्ने र सेलरोटीलगायत अन्य परिकार खाने खुवाउने कार्यक्रमलाई महोत्सवमा समेटिएको थियो । संस्कृति बचाऔं, पर्यटन प्रवद्र्धन गरौं भन्ने मूलनाराका साथ आयोजित सो महोत्सवमा पर्यटकले १५ अमेरिकी डलर तिरेर सहभागिता जनाएका थिए ।

महोत्सवको निरन्तरताका कारण पछिल्ला वर्ष पर्यटक दोहो¥याएरसमेत टीका लगाउन पोखरा आउन थालेको महोत्सवका संयोजक दीपक श्रेष्ठले जानकारी दिनुभयो । सो महोत्सव पर्यटकका लागि नयाँ कार्यक्रमसमेत बन्न थालेको सङ्घका महासचिव गणेशराज पहारीले बताउनुभयो । महोत्सवमा सहभागी जर्मन नागरिक थिलो जिम्नीले आफू यो महोत्सवमा दोस्रो पटक सहभागी भएको बताउँदै यसले पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने धारणा व्यक्त गर्नुभयो । टेम्पल ट्री रिसोर्ट एण्ड स्पा, काल्र्सवर्ग वियर र वटरफ्लाई फाउण्डेसन नेपालले सहयोग गरेको सो महोत्सवको प्रवद्र्धन नेपाल पर्यटन बोर्डले गरेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group