ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली कांग्रेसका जिल्ला सदस्य सहित ६० बढी नेकपामा प्रवेश


एबीसी न्यूज

काठमाडौं, १३ कात्तिक ।  नेपाली कांग्रेस रुकुम पश्चिमका जिल्ला सदस्य सहित ६० बढीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

नेकपाका सचिवालय सदस्य तथा कर्णाली प्रदेश इन्चार्ज जनार्दन शर्मा ‘प्रभाकर’को विशेष उपस्थितिमा जिल्लाका विभिन्न ठाउँमा भएका जनभेटघाट र कार्यकर्ता प्रशिक्षण कार्यक्रमबाट नेपाली कांग्रेस परित्याग गरी ६० बढीले नेकपामा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका जिल्ला सदस्य त्रिवेणि गाउँपालिका १० का भुपालसिंह ओलीले कांग्रेस परित्याग गरी नेकपामा प्रवेश गरेको नेकपाका जिल्ला अध्यक्ष गोपाल शर्मा ‘अनल’ले जानकारी दिनुभयो । उहाँका अनुसार त्रिवेणि ६ का कुवेर ओली, धनसिंह ओली र इन्द्र ओली सहित ५२ जना नेकपामा प्रवेश गरेका छन् ।

त्यस्तै आठबीसकोट नगरपालिकाका कविराम बुढाथोकी सहित एक दर्जन कांग्रेस कार्यकर्ताले नेकपामा प्रवेश गरेको अध्यक्ष अनलले बताउनुभयो । उक्त सबैलाई पूर्व गृहमन्त्री समेत रहनुभएका नेकपाका सचिवालय सदस्य तथा कर्णाली प्रदेशका इन्चार्ज प्रभाकरले पार्टी प्रवेश गराउनुभएको हो ।

नेकपाले पछिल्लो एक हप्तामा जिल्लाका बाँफिकोट गाउँपालिका, आठबीसकोट नगरपालिका, सानीभेरी गाउँपालिका, मुसीकोट नगरपालिका र त्रिवेणि गाउँपालिकाका विभिन्न ठाउँमा जनभेटघाट र पालिका स्तरीय कार्यकर्ता प्रशिक्षण कार्यक्रम संचालन गरेको

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com