ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिदीबहिनीको चाहना–‘दाजुभाइको सुख, शान्ति र प्रगति’


एबीसी न्यूज
१२ कार्तिक २०७६, मंगलबार   ७ : १३   बजे


काठमाडौँ, १२ कात्तिक ।  “दाजुभाइको सँधै सुख, शान्ति र प्रगति भएको देख्न चाहान्छु । यसपालिको तिहारको भाइटीकामा पनि यही कामना गरेँ । दाजभाइको खुशी हाम्रो पनि खुशी हो । उनीहरु तनावमुक्त रहुन् भन्ने चाहान्छु ।” स्याङ्जा माइती भएकी नवलपुरकी सरस्वती अर्यालको मन दाजुभाइलाई सप्तरङ्गी टीका र मखमली माला लगाइदिएपछि चङ्गा भएको छ ।

तिहार कसरी मनाउनुभयो भन्ने राससको प्रश्नमा अर्यालको जवाफ थियो, “यमराजले दाजुभाइलाई छुन नसकोस् भनेर ढोकामा तेल ठोकियो । फूल, प्रकृति र पशुपंक्षीको पनि पूजा गरियो । खुशीका साथ तिहार मनाइयो ।”

नेपाल मावि, नवलपुरकी शिक्षक अर्यालले करिव एक हजार ४०० आफ्ना विद्यार्थीमाझ नाँचगान गरेर देउसी–भैलो खेलेर रमाइलो गरेको पनि सुनाउनुभयो । सङ्कलित रकम गरिब र विपन्न समुदायका विद्यार्थीको पाठ्यसामग्री जुटाउन खर्च गर्ने उहाँको योजना छ । नयाँ पुस्ता र विद्यार्थीले चाड, पर्व र संस्कृतिलाई नर्बिसिउन् र आपसी सद्भावका साथ मनाइरहुन् भनेर उक्त विद्यालयले देउसी–भैलो खेलाएको थियो ।
प्रत्येक कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारलाई हरेक क्षेत्र र समुदायका मानिसले दिदीबहिनी र दाजुभाइका साथै पारिवारिक मिलन एवं सद्भावका रुपमा मनाउने गरेका छन् ।

अरुले झैँ सप्तरीको तिलाठी घर भई हाल काठमाडौँ बस्ने करुणा झाले पनि दुई भाइलाई टीका लगाएर तिहार मनाउनुभयो । राष्ट्रिय जनता पार्टीका महासचिव केशव झाकी श्रीमती झाको अनुभवमा तराईको तुलनामा काठमाडौँमा मनाइने तिहारमा खासै भिन्नता देखिएन ।

कैलाली घर भई हाल काठमाडौँ निवासी चन्द्र साउद विगतका तुलनामा यस वर्ष राजनीतिक स्थिरता र शान्ति कायम भएका कारण दसैँ र तिहारमा सन्तोष मिलेको प्रतिक्रिया दिनुभयो । तालीम तथा रोजगार व्यावसायी महासङ्का अध्यक्ष साउदको बुझाइमा सामाजिक सद्भावमा प्रगति भएको र पट्का पट्काउने र अरुलाई हानी हुने गरी चाँड रक्सी खाएर सडकमा हिँड्ने प्रवृत्तिमा पनि सुधार आएकाले तिहार सुखद् भएको छ ।

किराँत धर्मका जानकार डा चन्द्रकुमार शेर्मा हिन्दू र किराँतीहरुको केही मिल्ने चाडपर्वमध्ये तिहार पनि परेकाले आफूले हिन्दू परम्पराकै शैलीमा भाइटीका मनाउँदै आएको बताउनुहुन्छ । किराँतहरुको चाडपर्वको मान्यताको आधारमा बेग्लै संस्कारसहित तिहार र चाडहरु कसरी मनाउने भन्नेबारेमा अध्ययन गरिरहेका उहाँ ‘बलिहाङ तङ्नाम तियाहा’ ग्रन्थ लेख्दै हुनुहुन्छ । दसैँमा जस्तो देवीदेवताका नाममा बली नदिइनुलाई सकारात्मकरुपमा लिने डा शेर्मा भन्नुहुन्छ, “हत्या, हिंसा र मारकाट नभई दियो, कलश र फूलमालाको प्रयोग हुनु तिहारको सुन्दर पक्ष हो । वामन राजाले राज्य जितेर पछि दानवीर भएर बलिहाङलाई राज्य फिर्ता गरेको इतिहासका सन्दर्भमा तिहारमा राँगा, खसी र बोकाको बली दिने प्रचलन नभएको देखिन्छ ।”

धार्मिक मान्यताअनुसार यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन भाइटीका पर्व दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीकालगाई मनाइन्छ ।

दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ । तिहारकै अन्तिम दिन नेपाली समुदायको नेपाल संवत् पनि मनाइँदै आइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group