ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकार जनताको भावना बुझेर अगाडि बढ्छ – उपप्रधानमन्त्री पोखरेल


एबीसी न्यूज

काठमाडौं, १२ कात्तिक । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले वर्तमान सरकार जनताको भावनालाई कुल्चेर नभई उनीहरुको भावनालाई बुझेर अगाडि बढ्ने बताउनुभएको छ ।

नेपाल संवत् ११४० को अवसरमा आज मध्यपुरथिमिमा राष्ट्रिय विभूति शंखधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण कार्यक्रममा उहाँले सरकारले गरेका सकारात्मक कामलाई भ्रम फैलाउनेहरु सक्रिय रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “सरकारले गरेको राम्रा कामलाई जस्ताको तस्तै जनताको माझ पुग्नुपर्छ, तर सरकारको विरोधका नाममा जनतालाई भ्रम फैलाएर विरोधीले विरोधको आगो सल्काउने कार्य गरिरहेका छन् र जनताले यसलाई बुझ्नुपर्छ ।”

सरकारले ल्याएको गुठी विधेयकको प्रसङ्ग कोट्याउदै उहाँले धर्म, परम्परा र संस्कृतिलाई जोगाउने गरी नै सरकारले गुठी विधेयक ल्याएको बताउनुभयो । उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो– “सरकार संस्कृति र साँस्कृतिक जोगाउन दृढतापूर्वक सरकार उभिन्छ, तर गुठीका नाममा तराईलगायत विभिन्न ठाउँमा सामन्ती, शोषण, उत्पीडिनका धेरै उदाहरण छन्, वर्षौदेखि सामन्तीले जनतालाई जोताहा बनाएका छन्, मालिक बनाएका छन्, सरकारले ल्याएको गुठी विधेयक त्यस्ता सामन्तीका विरुद्ध हुन्, जनताको पक्षमा हुन, कला, संस्कृति र साँस्कृतिक पक्षमा हो, सरोकारवालासँग यस बारेमा पुनः छलफल गरेर सरकार अगाडि बढ्छ ।”

उहाँले नेपाल संवत् ११४० को मौलिक प्रसङ्ग नेपालको पहिचान गराउने र ऐतिहासिक प्रसङ्ग भएकाले यसको पूर्ण कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

नेपाल संवत् ११४० को मौलिक प्रसङ्ग वैज्ञानिकरुपमा पनि स्थापित गराउने प्रसङ्ग भएको चर्चा गर्दै उहाँले नेपाल संवत्सँग कही न कही गाँसिएर विक्रम प्रसङ्ग चल्ने भएकाले यसलाई कार्यान्वयनमा ल्याउनु आवश्यक रहेको बताउनुभयो ।

नेपाल संवत् प्रसङ्ग एउटा जातिको मात्र होइन र हुन पनि सक्दैन भन्दै उपप्रधानमन्त्री पोखरेलले यो एउटा जाति र समुदायको मात्रै नभई सबै जातिको सबै समुदायको प्रसङ्ग हो भनेर प्रत्येक नेपालीको जनजनमा पुर्याई यसलाई सबैले स्वीकार्ने प्रसङ्गको रुपमा लैजानुपर्ने आवश्यकता औँल्याउनुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले हरेक वर्ष नेपाल सम्वत्का दिन सरकारको क्यालेण्डरमा राखेर सरकार प्रमुखबाट हरेक वर्ष शंखधर साख्वाःको प्रतिमामा माल्र्यापण गर्ने घोषणा गर्नुभयो ।

उहाँले नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आगामी वर्षदेखि यो कार्यक्रम प्रतिष्ठानसँग संयुक्तरुपमा आयोजना गर्ने र यसको जिम्मेवारी सरकारले बहन गर्ने घोषणा गर्नुभयो । नेपाल प्रसङ्गलाई कार्यान्वयनमा ल्याउन सरकार प्रतिवद्ध रहेको उहाँले बताउनुभयो ।

प्रदेश नं। ३ का सामाजिक विकासमन्त्री शालिकराम जमकट्टेलले साख्वाःले गरेको परिवर्तनको सुरुवातलाई समावेशी र समानुपातिक ढङ्गबाट राज्य व्यवस्था अगाडि बढिरहेको बताउनुभयो ।

्प्रतिनिधिसभा सदस्य एवम् पूर्वमन्त्री महेश बस्नेतले मध्यपुरथिमि नगरपालिकाले निर्माण गर्न लागेको शंखधर साख्वाः स्मृति पार्क, शंखधर सङ्ग्रहालयलगायतका गुरुयोजना पूरा गर्न सांसद् विकास कोषबाट आफूले रु। ५० लाख प्रदान गर्ने घोषणा गर्नुभयो ।

उहाँले मध्यपुरथिमिलाई पर्यटकीय गन्तव्यको रुपमा अगाडि बढाउन सरकारले बजेट विनियोजन गरेर काम गरिरहेको बताउनुभयो ।

राप्रपाका नेता एवम् पूर्वसञ्चारमन्त्री टंक ढकाल, नेपाली काँग्रेसका नेता एवम् पूर्वरक्षामन्त्री भीमसेन दास प्रधान, प्रतिष्ठानका अध्यक्ष चन्दनकृष्ण श्रेष्ठलगायतले नेपाल प्रसङ्गलाई सबै जातजाति, समुदायको प्रसङ्ग बनाउनुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले शंखधर पार्क, शंखधर सामुदायिक भवन निर्माणको गुरुयोजना प्रस्तुत गर्दै रु १२ करोडको लागत रहेको गुरुयोजना पूरा गर्न नगरपालिकाले एक करोड बजेट विनियोजन गरेको र बाँकी रकम प्रदेश तथा केन्द्रीय सरकारलाई सहयोग गर्न आह्वान गर्नुभयो ।

कार्यक्रममा काहीनाथ तमोट र सिन्हःस्वा खललाई सम्मान गर्नुका साथै प्रतिष्ठानले प्रकाशित गरेको शंखधर स्मारिकाको विमोचन पनि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com