काठमाडौं, १२ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले चार बहिनीको हातबाट भाइटीका लगाउनु भएको छ ।
प्रधानमन्त्री ओलीलाई मंगलबार बहिनीहरु विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाइटीका लगाइदिनु भएको हो ।
भाइटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भए पनि १ बजेर ३८ मिनेट जाँदा प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यसहित आफ्ना बहिनीहरुबाट भाइटीका ग्रहण गर्नु भएको थियो ।
त्यस अवसरमा उहाँले बहिनीहरुले दिएका भाइमसला ग्रहण गर्दै बहिनीहरुलाई पनि सप्तरंगी टीका लगाइदिनु भएको थियो ।
तिहारमा नराम्रा काम नगर्न आग्रह
प्रधानमन्त्री केपी शर्मा ओलीले चाडपर्वका बेला नराम्रा क्रियाकलाप नगर्न अपिल गर्नु भएको छ । तिहारमा जुवा, तास खेल्नेलगायतका विकृति र विसंगतिजन्य क्रियाकलाप भइरहँदा प्रधानमन्त्री ओलीले त्यस्ता खालका नराम्रा क्रियाकलाप छोड्न सबैलाई आग्रह गर्नु भएको हो । प्रधानमन्त्री ओलीले तिहारले सिंगो नेपाली समाजलाई नै सुमधुर सम्बन्धसहितको सुव्यवस्थित बनाउन महत्वपूर्ण योगदान र्दिरहेको पनि स्मरण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्