ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
उत्पादनमुखी बजेटको  अवसरहरु के के छन ? निरज गिरी , अर्थविद् ▶
उत्पादनमुखी बजेटको अवसरहरु के के छन ? निरज गिरी , अर्थविद्
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालीमा आशा, विश्वास, सत्कार्य र सकारात्मक भावनाको विकास हुन्छ – सभापति देउवा


एबीसी न्यूज
कार्तिक १२, २०७६ मंगलबार   ७ : २३   बजे


काठमाडौँ, १२ कात्तिक । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले अन्धकार विनास गर्ने उज्यालोको चाड तिहारले नेपालको अभिशापका रुपमा रहेका सबै खालको अँध्यारोमाथि विजय पाउने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

नेपालीहरुको महान् चाड तिहारको पाँचौ दिन भाइटिकाको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुस्वास्थ, दीर्घायु, सुख, शान्ति र उत्तरोत्तर प्रगतिको लागि हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै उहाँले सबै नेपालीमा आशा, विश्वास, सत्कार्य र सकारात्मक भावनाको विकास गरी उज्यालोतिर अभिमुख गराउने विचार उत्पन्न गर्न सकोस् भन्ने कामना गर्नुभएको छ ।

दिपावलीका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सभापति देउवाले “नेपाल बहुजातीय, बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक राष्ट्र हो । मौलिक वेषभूषासहितका यिनै विविधता हाम्रो राष्ट्रिय पहिचान बनेका छन् । हामीमा निहीत बन्धुत्व भावले विविधताका बीचमा अनुपम एकता कायम गरेको छ । तिहारले पनि हामी बीचको एकतालाई अझ मजबूत बनाएको छ,” भन्नुभएको छ ।

तिहार अर्थात् यमपञ्चकका हरेक दिनले समस्त नेपालीहरुमा नयाँ उमङ्ग सिर्जना गर्न, दिदीबहिनी र दाजुभाइबीच तथा आफन्तहरु बीचमा सुमधुर र सौहार्द सम्बन्ध विकसित गर्न सघाएको सन्देशमा उहाँले उल्लेख गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अर्थ समितिको बैठकः मस्यौदा कार्यविधिमाथि छलफल

नेपालमा अमेरिकी पहलप्रति बेइजिङको चासो

सम्बन्धित

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

बागमतीको बजेट ६६ अर्ब ९३ करोड (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group