ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दुरी बढेको भन्न मिल्दैन, बरु दुरी घटेको भन्नुपर्छ– प्रधानमन्त्री ओली


एबीसी न्यूज
कार्तिक १०, २०७६ आईतबार   ७ : १८   बजे


काठमाडौं, १० कात्तिक  । प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नो दुरी बढने कुनै सम्भावना नरहेको बताउनु भएको छ ।

असंलग्न राष्ट्रहरुको बाकुमा आयोजित १८ औं सम्मेलनमा भाल लिएर आईतबार स्वदेश फर्कनु भएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा अर्का अध्यक्ष दाहालसँग आफ्नो दुरी बढने कुनै अवस्था नरहेको बताउनु भयो । प्रधानमन्त्री ओलीले उहा काठमाडौं हुँदा भन्दा म बाकुमा हुँदा टाढा त हुनै नै भयो,’ प्रधानमन्त्री ओलीले व्यंग्यात्मक शैलीमा भन्नु भयो, ‘यसभन्दा बाहेक दुरी बढेको छैन, दूरी बढेको भन्ने गणित चाँही मिलेन । हामी बीच कुनै प्रकारको दुरी बढने सम्भावना र अवस्था दुवै छैन ।’ प्रधानमन्त्री ओली र दाहालबीच पछिल्लो समय दुरी बढेको समाचार विभिन्न समाचार माध्याममा आईरहेका थिए । प्रधानमन्त्री ओलीले भने त्यस्तो कुनै पनि प्रकारको सम्भावना नरहेको बताउनु भयो ।

प्रधानमन्त्री ओलीले दाहालले मदन भण्डारीसँग आफूलाई तुलना गर्नु भयो नि ? भन्ने प्रश्नको जवाफ दिँदै के प्रसंगमा त्यसो भन्नु भएको हो ? आफूले नसुनेको बताउनु भयो । ‘म यति भन्न सक्छु, उहाँले म मदन भण्डारीको विचारहरुलाई लिएर पार्टीलाई समय अनुकूल अगाडि बढाउँछु, बढाउने ईच्छा राख्छु भन्नु भएको हुनुपर्छ,’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘त्यसकारण यस विषयलाई लिएर आफूहरुबीच दुरी बढेको भन्न मिल्दैन, बरु दुरी घटेको भन्नुपर्छ ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेकपा विवाद: वरिष्ठ नेता खनालद्वारा प्रचण्ड–माधवमाथि ३६ बुँदे आरोप

“मेरो सम्पत्ति जाँच्नुभन्दा पहिले, आयोग संविधानभित्र छ कि छैन, त्यो जाँच गर” : ईश्वरप्रसाद खतिवडा (पूर्णपाठ)

सम्बन्धित

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group