ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिगो शान्ति, एकता तथा समन्वय बलियो बनाउने उदेश्य सहित बाकु घोषणापत्र जारी


एबीसी न्यूज

बाकु , १० कात्तिक । असंलग्न आन्दोलन (नाम)राष्ट्रहरूका राष्ट्राध्यक्ष एवम सरकार प्रमुखहरूको १८औँ शिखर सम्मेलनले  वर्तमान भूराजनीतिक परिस्थितिमा नयाँ वास्तविकतासँग मुखरित हुन आरम्भमा राखिएकै अवस्थामा सही र सान्दर्भिक रहिआएको यसका आधारभूत सिद्धान्तलाई कायम तथा प्रवद्र्धन गर्दै ३१ उद्देश्य प्राप्त गर्न आन्दोलनको भूमिका सक्रिय बनाउने घोषणापत्र जारी गरेको छ ।

घोषणापत्रमा दिगो शान्ति, एकता तथा समन्वय बलियो बनाउन मुलुकहरुबीच दुईपक्षीय राजनीतिक वार्ता, आपसी समझदारी तथा सहयोगका आधारमा शान्ति तथा विश्वास प्रवद्र्धन गर्न अन्तर्राष्ट्रिय समुदायको प्रयासलाई परिचालन गर्ने उपायका रुपमा सन् २०२१ लाई ‘अन्तर्राष्ट्रिय शान्ति तथा विश्वासको वर्ष’का रुपमा मनाई मुलुकहरुबीच शान्तिको संस्कृति प्रवद्र्धन गर्ने उद्देश्य राखिएको छ ।

बाकु सम्मेलन केन्द्रमा आयोजित सम्मेलनमा नामका १२० सदस्य राष्ट्रका राष्ट्राध्यक्ष एवम सरकार प्रमुख, परराष्ट्रमन्त्री, १७ पर्यवेक्षक राष्ट्र र १० पर्यवेक्षक सङ्गठनका प्रतिनिधिको सहभागिता रहेको छ । घोषणापत्रमा अन्तर्राष्ट्रियरुपमा युद्धको विरोध गर्न र शान्तिलाई समर्थन गर्ने आन्दोलनको स्थिति तथा भूमिकालाई विस्तार गर्ने उद्देश्य राखिएको छ । घोषणापत्रमा विकासशील मुलुकको अभिरुचिलाई अगाडि बढाउन, न्याय तथा सबै मुलुकको समान सहभागितामा आधारित उचित, समावेशी, पारदर्शी, तथा प्रभाकारी विश्व सञ्चालन प्रणाली निर्माण गर्न, विश्वव्यापी सुरक्षाका चुनौती, सशस्त्र द्वन्द्व, वातावरणीय समस्या, मौसम परिवर्तन, सङ्क्रमणकारी रोग, अति गरीबीका साथै वर्तमान समस्यालाई सम्बोधन गर्न सदस्य मुलुकहरुबीच थप समन्वय गर्ने उद्देश्य राखिएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले २१ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्नुभएको छ । प्रधानमन्त्री ओलीका साथ उहाँकी धर्मपत्नी राधिका शाक्य रहनुभएको छ । घोषणापत्रमा विकासको अधिकार प्रवद्र्धन गर्ने तथा प्राप्त गर्ने महत्वपूर्ण तत्वका रुपमा रहेको, बहुआयामिक र एकीकृत उपाय आवश्यक पर्ने तथा दिगो विकासका लागि नभई नहुने आवश्यकता र सबैभन्दा ठूलो विश्वव्यापी चुनौतीका रुपमा रहेको अति गरीबीका साथै सबै प्रकारका र सबै आयामका गरीबी निवारणलाई सबै तरिका तथा पक्षबाट सहयोग गर्नुपर्ने कुरालाई स्वीकार गर्ने उद्देश्य राखिएको छ ।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, परराष्ट्र मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र सचिव शङ्करदास वैरागी, नेपालका लागि संयुक्त राष्ट्रसङ्घका स्थायी प्रतिनिधि अमृत राई र परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू रहनुभएको छ । अठारौँ शिखर सम्मेलनको मूल विषय ‘समसामयिक विश्वका चुनौतीलाई एकीकृत तथा पर्याप्तमात्रामा सम्बोधन गरिएको सुनिश्चित गर्नका लागि बाङ्डुङ सिद्धान्तको अनुपालन’ रहेको छ । शिखर सम्मेलनअघि कात्तिक ४ गतेदेखि ५ गतेसम्म बाकुमा उच्च अधिकारीहरूको बैठक तथा ६ र ७ गते मन्त्रिस्तरीय पूर्वतयारी बैठक भएको थियो । यस सम्मेलनमा १७औँ शिखर सम्मेलनले गरेका निर्णयको कार्यान्वयनका दिशामा भएका प्रगति एवम समीक्षा गरी बाकु घोषणापत्र जारी गरिएको छ ।

घोषणापत्रमा मौसम परिवर्तनलाई वर्तमान समयको सबैभन्दा ठूला समस्यामध्येको एक भएकोलाई पुनःपुष्टि गरेको छ र हरितगृह ग्यासको चुहावट विश्वव्यापीरुपमा अझै बढिरहेको उल्लेख गरिएको छ । घोषणापत्रमा मौसम परिवर्तनको नकारात्मक प्रभावले गरीबी निवारण गर्ने र दिगो विकास प्राप्त गर्ने विकासशील मुलुकको प्रयासमा अझै नकारात्मक प्रभाव पारेको उल्लेख छ । पराष्ट्रमन्त्री ज्ञवालीले घोषणापत्रको मूल सार भनेको बाङडुङ सिद्धान्तहरु आज पनि उत्तिकै सान्दर्भिक रहेको र नामका सदस्यहरुले विश्व प्रणालीमा अझ बढी भूमिका निर्वाह गर्न आफूहरुबीचको सहकार्य तथा एकतालाई थप बलियो बनाउनुपर्ने रहेको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com