ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल भ्रमण वर्षलाई सहयोग गर्ने जापानी प्रतिबद्धता


एबीसी न्यूज


काठमाडौं, ९ कात्तिक । सन्निकट नेपाल भ्रमण वर्ष २०२० अभियानलाई सफल पार्न जापानले सहयोग गर्ने भएको छ । अबको दुई महीनापछि शुरु हुने भ्रमण वर्षका दौरानमा बढीभन्दा बढी जापानी नागरिकलाई नेपाल भ्रमणमा अभिप्रेरित गर्ने जापान सरकारको प्रतिबद्धता रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न भएको जापान भ्रमणका क्रममा जापान सरकारले नेपाल भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । भ्रमणका दौरानमा राष्ट्रपति भण्डारी र जापानका प्रधानमन्त्री सिन्जो आबेबीच भएको भेटवार्तामा नेपालको आर्थिक विकासमा जापानी सहयोग अभिवृद्धिका साथै भ्रमण वर्षलाई सहयोग गर्ने त्यहाँका प्रधानमन्त्रीले बताउनुभएको थियो ।

राष्ट्रपति भण्डारीले यही कात्तिक ३ गते जापानी सम्राट नारुहितोको शुभराज्याभिषेक समारोहमा सहभागी हुन म्यान्मार हुँदै जापान पुग्नुभएको थियो । राष्ट्रपति भण्डारीले म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा गत असोज २९ गतेदेखि कात्तिक ३ गतेसम्म त्यहाँको राजकीय भ्रमण गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले नेपालको पूर्वाधार विकासमा जापानी लगानी तथा नेपाल भ्रमण वर्ष २०२० सफल पार्न जापानी सहयोगका लागि आग्रह गर्नुभएको थियो । जापानी प्रधानमन्त्री आबेले नेपालको दिगो विकासमा जापानको सहयोग निरन्तर रहने आश्वासन दिँदै दुई मुलुकबीच व्यापार घाटा कम गर्ने विषयमा छलफल गरी अगाडि बढ्ने बताउनुभयो थियो । उहाँहरूबीच नेपाल तथा जापानबीच उच्चस्तरमा भ्रमण आदानप्रदानका साथै काठमाडौँ–ओशाकाबीच नेपाल वायुसेवा निगमको सिधा उडान भएझै जापानका अन्य नगरमा पनि यस्तै सेवा विस्तार गर्ने विषयमा पनि छलफल भएको थियो ।

नेपाल र जापानबीच सिधा हवाई सम्पर्क विस्तार भएकाले पनि जापानबाट उल्लेख्य सङ्ख्यामा पर्यटन नेपाल आउने अपेक्षा गरिएको छ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम ९नेपाल एयरलाइन्स० को वाइड बडी जहाज ए–३३० ले गत भदौ १२ गतेदेखि जापानको ओशाकास्थित ओसाका कन्साई इन्टरनेशनल एयरपोर्टमा व्यावसायिक उडान शुरु गरेको थियो । निगमले साताको दुई दिन मङ्गलबार र शनिबार नियमित उडान गर्दै आइरहेको छ । पछिल्लो समय ओसाका–काठमाडौँ उडानमा सन्तोषजनक व्यापार भइरहेको निगमले उल्लेख गरेको छ ।

जापानको औपचारिक भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले जापान नेपालको प्रमुख विकास साझेदार भएको बताउनुभएको थियो । राष्ट्रपतिको सम्मानमा जापानस्थित नेपाली राजदूतावासले आयोजना गरेको कार्यक्रममा उहाँले नेपालीलाई दुःख पर्दा असल र भरपर्दो मित्रका रुपमा जापानले सघाएको स्मरण गर्दै गोरखा भूकम्पमा उद्धार, राहत र पुनःस्थापनामा जापानले गरेको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीले नेपाल र जापाबीचको लामो दौत्य तथा सांस्कृतिक सम्बन्ध रहिआएको र सन् २०२० मा धेरैभन्दा धेरै जापानी नागरिकले नेपाल भ्रमण गर्ने तथा काठमाडौँ–नारिता सिधा उडान चाँडै हुने विश्वास व्यक्त गर्नुभएको थियो । निगमले नेपालीको बसोबास बाक्लो भएको जापानको राजधानी टोकियो नजिकको टोकियो नारिता इन्टरनेशनल एयरपोर्टमा तिहारपछि सिधा उडान गर्ने तयारी गरेको छ । त्यसका लागि आवश्यक तयारी भइरहेको निगमले जनाएको छ । जापानबाट वार्षिक ४० हजार पर्यटक नेपाल भित्र्याउने निगमको लक्ष्य रहेको छ ।

राष्ट्रपति भण्डारीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन जापान सरकार तथा जनताको सहयोग रहने अपेक्षा गर्नुभएको थियो । जवाफमा जापानका प्रधानमन्त्रीले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन आवश्यक पर्ने सहयोग गर्ने आवश्यक प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।

राष्ट्रपति भण्डारीको जापान भ्रमणकै सन्दर्भमा त्यहाँको सत्तारुढ लिबरल डेमोक्र्याटिक पार्टीका महाचिव तोसिहिरो निकाइले पनि नेपाल भ्रमण वर्षमा ६० हजार जापानीलाई नेपालमा भ्रमण गराउने लक्ष्य लिइएको अवगत गराउनुभएको थियो ।

सन् १९५६ देखि नेपाल र जापानबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएपश्चात आपसी सम्बन्धका विविध पक्षमा विस्तार हुँदै गएको छ । दुई देशबीचको परम्परागत सांस्कृतिक र कूटनीतिक सम्बन्ध मात्र नभई जापान नेपालको असल विकास साझेदार मुलुक पनि हो ।

मुलुकको आर्थिक समृद्धिका लागि महत्वपूर्ण आधारको रुपमा लिइएको पर्यटन क्षेत्रको विकासका लागि एसियाकै विकसित मुलुक जापानको अहम भूमिका हुने देखिन्छ । जापानबाट पछिल्लो समय पर्यटक आगमनमा बढोत्तरी भइरहेको छ ।

नेपाल पर्यटन बोर्डका अनुसार जापानबाट सन् २०१८ मा २९ हजार ८१७ पर्यटक नेपाल आएका छन् । सन् २०१७ मा २७ हजार ३२६ पर्यटकले नेपाल भ्रमण गरेका थिए । सन् २०१४ मा २५ हजार ८२९ र सन् २०१६ २२ हजार ९७९ जापानी पर्यटकले नेपाल भ्रम्ण गरेका थिए । भूकम्प र नाकाबन्दीकाबीच पनि सन् २०१५ मा १४ हजार ४६५ जापानी नागरिकले नेपाल भ्रमण गरेका थिए ।

सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर उक्त अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । भ्रमण वर्ष अभियानको संघारमा नेपाल र जापानबीचको उच्चस्तरीय भ्रमण तथा निगमले जापान सिधा उडानले नेपालमा जापानी पर्यटकको बढोत्तरी हुने अपेक्षा गरिएको छ । जापानमा करीब ११ करोड जनसख्या छ । टोकियो, ओशाका, योकोहामालगायत मुख्य शहर हुन् । जापानमा ९० हजारभन्दा बढी नेपालीको बसोवास रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com