ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश नं १ मा जनता चाहेजस्तै विकास हुन्छ– मुख्यमन्त्री राई


admin
कार्तिक ९, २०७६ शनिबार  ३ : ०५ बजे

काठमाडौं, ९ कार्तिक । मुख्यमन्त्री शेरधन राईले प्रदेश नं १ मा जनताले चाहेजस्तै विकास गरेर छाड्ने बताउनुभएको छ । आज नेपाल कम्युनिष्ट पार्टी नेकपा नगर कमिटी भोजपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यहाँका स्रोत र साधनलाई अधिकतम प्रयोगमा ल्याएर विकासको चरणमा अगाडि बढाउने धारणा राख्नुभयो ।

मुख्यमन्त्री राईले भन्नुभयो, “यो प्रदेशलाई समृद्ध बनाउने गरी मैले काम अगाडि बढाएको छु, प्रदेशसँगै भोजपुर पनि समृद्धिको बाटोमा अगाडि बढ्छ ।” विकासका लागि सबैले प्रत्येक सेकेन्डको महत्वलाई बुझेर काम गर्नुपर्ने राईको भनाइ थियो । मुख्यमन्त्री राईले भन्नुभयो, “तपाईँ हामी यो देशका सचेत नागरिक हाँै, हामीले प्रत्येक सेकेन्ड समयको महत्वलाई बुझेर जिम्मेवारी वहन गर्न आवश्यक छ ।”

प्रदेश सरकारले विकासका लागि प्राथमिकताका आधारमा प्रशस्त बजेट विनियोजन गरेको भए पनि काममा सोचेअनुरुप खर्च नभएकामा भने उहाँले चिन्ता व्यक्त गर्नुभयो । उहाँले आफ्नो क्षेत्रमा भइरहेका कामको जनता आफैँले पनि अग्रसर भएर निगरानी गर्नुपर्ने बताउनुभयो । मुख्यमन्त्री राईले भन्नुभयो, “विकास गर्नका लागि हामीले करोडौँ बजेट छुट्याएका छौँ र काम पनि भइरहेको छ तर जनताको तर्फबाट पनि भइरहेको काममा निगरानी र खबरदारी हुनुप¥यो ।”

प्रदेशबाट सञ्चालन हुने कामलाई प्रभावकारी, गुणस्तरीय र जनमुखी तवरले सम्पन्न गराउन अनुगमन समिति गठन गर्ने तयारी भइरहेको उहाँको भनाइ छ । आफूले भ्रष्टाचारमा शून्य सहनशीलता कायम गरेको बताउनुहुँदै उहाँले प्रमाणसहित आफूलाई जानकारी दिए एक घण्टाभित्र कारवाही गर्नेसमेत बताउनुभयो ।

मुख्यमन्त्री राईले भोजपुरको मुन्दुम ट्रेलको विकासका लागि रु दुई करोड विनियोजन गरेको जानकारी दिनुभयो । उहाँले जिल्लाका ठूला सडक र पक्की पुलको काम आफ्नै कार्यकालमा सम्पन्न गर्ने बताउनुभयो । आगामी आर्थिक वर्षभित्र भोजपुरका सबै जनता विद्युत्को पहुँचमा पुग्नेसमेत जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

भिरको बाटो हिंड्दै प्रचण्डले भने : ‘समाजवादको नयाँ यात्रा गर्न रुकुम पूर्व आएको हुँ’

रवि लामिछाने तारिख बुझ्न काठमाडौं जिल्ला अदालतमा

सम्बन्धित

सामाजिक सञ्जालमा भिडियो भाइरल भएपछि सडकमा वृद्धलाई दुर्व्यवहार गर्ने चालक पक्राउ

द्रूतमार्गको प्रस्थानविन्दु थाती राखेर वैकल्पिक योजनालाई अघि बढाउन प्रधानमन्त्रीको निर्देशन

नेकपा बहुमतका महासचिव बाँस्तोला पक्राउ

दुर्गा प्रसाईंलाई ४ दिन हिरासतमा राख्न अनुमति

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै

धनगढीमा अवतरण हुन नसकेपछि मध्यराति पुन: काठमाडौं फर्कियो श्री एयरलाइन्सको जहाज

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com