ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

डुइङ विजिनेसमा सुधार, कडा मेहनतको प्रतिफल– अर्थमन्त्री खतिवडा


admin

काठमाडौं, ८ कात्तिक । अर्थमन्त्री डा युवराज खतिवडाले ‘डुइङ विजिनेस–२०२०’ मा नेपालको स्थानमा सुधार आउनुमा नेपाली सरोकारवाला सहकर्मीको कडा मेहनतको प्रतिफल भएको बताउनुभएको छ ।

अर्थमन्त्रालय र विश्व बैंक समूहको संयुक्त आयोजनामा नेपाल डुइङ विजिनेस सूचकाङ्कमा सुधार सम्बन्धमा यहाँ आयोजित सम्मेलनमा मन्त्री खतिवडाले सङ्घीयता खर्चिलो व्यवस्था भन्दै शङ्का उब्जाइएको अवस्थामा यस्तो सफलता हासिल हुनु निश्चय नै खुशीको कुरा भएको बताउनुभयो ।

उहाँले हामीले सङ्घीयता कार्यान्वयनको दोस्रो वर्षमै यो सफलता हासिल हुनुमा सङ्क्रमणकाल छोट्याउनु र एक वर्षमै दर्जनौँ कानून बन्नु पनि हो भन्नुभयो । यसले हामीलाई वित्तीय सङ्घीयता कार्यान्वयन गर्न प्रोत्साहित गरेको र अर्को वर्षदेखि हामीलाई समस्या नहुने पनि उहाँले बताउनुभयो । हामीले उद्योग व्यवसायका लागि सडक पहुँच र बिजुली पु¥याएका छौँ, भन्सारका पूर्वाधारमा सुधार गरेको अर्थमन्त्री खतिवडाले बताउनुभयो ।

कार्यक्रममा विश्व बंैक समूहका देशीय निर्देशक फरिस एच हदाद जर्भोसले नेपालले डुइङ विजिनेसमा राम्रो सफलता हासिल गरेको र राम्रो कार्य सम्पादन गरेको तर यो यात्राको शुरुआत मात्र हो भन्नुभयो । उहाँले नेपाल सरकारसँग यस विषयमा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो । “यो एउटा सुखद् समाचार हो तर पनि चुनौती अझै पनि रहेका छन्”, उहाँले भन्नुभयो । “नेपालले १६ स्थान सुधार गर्नु निश्चय नै निकै सकारात्मक कुरा हो”, उहाँले भन्नुभयो ।

प्रधानमन्त्री कार्यालयका सचिव शिशिरकुमार ढुङ्गानाले नेपालको स्थान सुधार हुनुमा प्रधानमन्त्री केपी शर्मा ओलीको समर्पण उल्लेखनीय रहेको यसमा मन्त्रिपरिषद्ले समन्वय गरेको तथा आफूहरु सूचकको ग्याप कहाँ छ भनेर पत्ता लगाउन र सुधारका एजेण्डा स्थापित गर्न सक्षम भएको बताउनुभयो । कानूनमा सुधार धेरै भइसके पनि मानिसहरु पुरानै कुरा हेरेर तर्क गर्ने र नकारात्मक कुराको प्रचारप्रसार गर्ने प्रवृत्ति रहेको पनि उहाँले बताउनुभयो । अहिलेको सफलताबाट अब विदेशी लगानी भित्र्याउन पनि सहज हुने उहाँले बताउनुभयो ।

कार्यक्रममा प्रधानमन्त्री कार्यालयका उपसचिव महेश भट्टराईले कार्यपत्र प्रस्तुत गर्दै हामी सार्क राष्ट्रमा भारत र भुटानपछि मात्र छौँ तैपनि सन्तुष्ट भएर नबस्ने बताउनुभयो । उहाँले एकीकृत भन्सार स्थापना हुनु, अदालती प्रक्रिया विश्वसनीय हुनु, भूमि प्रशासनमा सुधार हुनु र वानस्टप सेन्टर लागू हुनुले सुखद् परिणाम ल्याएको बताउनुभयो ।

उद्योगी शेखर गोल्छाले नेपाल ११० स्थानबाट ९४ स्थानमा आउनु ठूलो उपलब्धि भएको बताउँदै अर्थमन्त्रीलाई बधाई दिनुभयो । “अब हामी लगानी भित्र्याउन सुध्रेको राष्ट्र भएका छौँ”, उहाँले भन्नुभयो । कार्यक्रममा विश्व बैंक समूहका प्रमुख निजी क्षेत्र विशेषज्ञ पिटर मुस्लेले नेपालको डुइङ विजिनेसमा उल्लेखनीय सुधार गरेकोमा खुशी व्यक्त गर्नुभयो ।

विश्व बैंकले बिहीबार प्रकाशित गरेको विश्वव्यापी डुइङ विजिनेस सूचाङ्क अर्थात् व्यापार व्यवसाय गर्ने वातावरणको सूचकाङ्कमा नेपाल अघिल्लो वर्षको ११० स्थानबाट ९४ स्थानमा उक्लेको प्रतिवेदन प्रकाशित गरेको थियो । सूचकाङ्कमा विश्वका १९० राष्ट्रको मूल्याङ्कन गरिएको थियो । नेपालले १०० पूर्णाङ्कमा ६३.२ अङ्क प्राप्त गरेको थियो । सूचकाङ्कमा सार्क राष्ट्रहरु श्रीलङ्का, बङ्गलादेश, पाकिस्तान नेपालभन्दा पछि नै रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

संसद विघटनको विरोध गरिरहेको एमालेको ७५३ वटै पालिकामा शक्ति प्रर्दशन

‘मधेश हाम्रो हो, यहाँ हाम्रो आफ्नै शासन हुनैपर्छः सिके राउत

नेपाल कम्युनिस्ट पार्टीको काठमाडौंमा जनप्रदर्शन

कतार भ्रमण सकेर राष्ट्रपति पौडेल आज स्वदेश फर्किँदै

एनआरएनए प्रतिनिधिमण्डलद्वारा प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रबाट आजदेखि बृहत रक्तदान अभियान सुरु, ९ गतेसम्म सञ्चालन हुने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com