ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तिहारको दिन १०० वर्ष पछि जुर्यो महासंयोग ! राशि अनुसार के किन्ने , पूजा कसरी गर्ने?


एबीसी न्यूज

काठमाडौँ- पञ्चाङ्ग अनुसार प्रत्येक वर्ष कार्तिक कृष्ण पक्षको त्रयोदशीका अथवा काग तिहारका दिन धनवन्तरी त्रयोदशी अर्थात धनतेरस मनाउने गरिन्छ । धन त्रयोदशी र धनतेरस पनि यसै दिनलाई भन्ने गरिन्छ । यो दिन मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरि र धनका देवता कुबेरको जन्मोत्सव मनाउने पर्व हो । धनतेरसका दिन नेपालको तराई क्षेत्रमा नयाँ-नयाँ भाँडाकुडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रही आएको छ । धनतेरस पछिल्लो समय तराईमा मात्र सिमीत नभई पहाडी क्षेत्रमा समेत मनाउन थालिएको छ।

धनतेरसको दिन सामानहरु किन्ने र दीपदान गर्ने दिन अर्थात् धनतेरस पर्व साथै काग तिहार पनि हो । काग तिहारको दिनमा प्रत्येक राशिका मानिसहरुले के किन्न हुन्छ र के किन्न हुन्न भन्ने कुरा थाहा पाउन जरुरी रहेको छ । जानेर बुझेर खरिद गरे देखि लक्ष्मीले कहिले साथ नछोड्ने विश्वास पनि रहेको छ ।

यसपालि धन्वन्तरी जयन्ती कार्तिक ९ गतेका दिन परेको छ। यसै दिन स्वास्थ्य के देवता भगवान धनवंतरि जयन्ति पनि परेको छ। शुक्रवार दिन परेको शुक्र प्रदोष समेत रहेको हुँदा ज्योतिषीहरुका अनुसार यस दिन लगभग १०० वर्ष पछि विशेष महासंयोग जुर्दै छ।

शुक्र प्रदोष र धन त्रयोदशीको महासंयोग कार्तिक ९ गते जुर्न लागेको हुँदा यस दिन धेरै शुभ रहने ज्योतिषीहरु बताउँछन्। यस्तै यसै दिन सिद्धि योग समेत बन्दै छ।

१) मेष राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)

– सुन, चादी, भाडा, गहना, हिरा, विधुतीय उपकरण र कपडा किन्दा लाभ मिल्नेछ ।
– मेष राशिभएकाहरुले धनतेरसमा लक्ष्मी भगवान्को कृपा पाउनका लागि साझको समयमा आफ्नो घरको मुख्य प्रबेशद्वारमा तेलको दियो बालेर त्यसलाई पुजा गर्नु पर्दछ ।
– नरक चतुर्दशीको दिन आफ्नो घरको पूर्व दिशामा एक दियो बालेर राख्न राख्नुहोला ।
– दीपावलीको दिन शुक्र यन्त्र र शनि यन्त्रको स्थापना गरेर पूजा गर्नुस् ।
– सेतो कपडामा चन्दनको लेप लगाएर आफ्नो तिजोरीमा राख्नुहोस् ।

२) वृष राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)

– सुन, चादी, पीतल,हीरा, केशरी,कपडाहरु खरिद गर्न हुने तर सवारीसाधन, तेल, छालाको सामान, काठको फर्नीचर नकिन्दा राम्रो
– साझको समयमा पीपलको ५ वोटा पातहरुलाई पहेंलो चन्दन लगाएर खोलामा बगाए धनको बचत हुने र फिजूलखर्च रोकिने छ ।
– नरक चतुर्दशीको दिन आफ्नो घरको दक्षिण दिशामा एक दियो बालेर राख्न जरुरी रहेको छ ।
– वृष राशि भएकाले दीपावलीको दिन महालक्ष्मी यन्त्रको स्थापना गरि पूजा गरे राम्रो हुने छ ।

३) मिथुन राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)

– जग्गा,जमिन,घर, सुन, चादी किन्न हुने तर कसैलाई पनि उधारो दिन हुदैन ।
– मिथुन राशि भएकाले धनतेरसको दिन मा लक्ष्मीको कृपा पाउनका लागि बरको ५ वटा पातमा रातो चन्दन लगाएर रातो कपडामा केही सिक्कालाई बाधेर घरमा राख्नु पर्छ ।
– नरक चतुर्दशीको दिन आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नु पर्छ ।
– दीपावली को दिन मिथुन राशि भएकाले घरमा चादीको श्रीयंत्र लेराए सुभ-लाभ हुन्छ ।
– दीपावली को दिन एक जटा भएको नरिवललाई रातो कपडामा बाधेर आफ्नो तिजोरीमा राख्नु पर्छ ।
– यसो गर्नाले धन लाभ हुन्छ, कुनै इच्छा पनि पूरा हुन्छ र परिवारमा सुख-शान्ति आउँछ ।

४) कर्कट राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)

– चादी,विधुतीय उपकरण, भाडा, काठको फर्नीचर किन्न हुने तर फलाम बाट बनेको कुनै पनि सामान किन्न नहुने
– माता लक्ष्मीको कृपा पाउनको लागि काग तिहार धनतेरसमा कर्कट राशि भएकाले साझ पीपलको रुख मुनि सर्सिउको तेल प्रयोग गरेर पंचमुखी दियो बाले लाभ हुने
– नरक चतुर्दशीको दिन आफ्नो घरको उत्तर दिशामा एउटा दियो बाल्न जरुरी रहेको छ ।
– दीपावली को दिन विष्णु मन्दिरमा एक पहेंलो त्रिकोण आकारको झण्डा चढाए आमदनी को स्रोत बढ्ने र आर्थिक स्थितिमा सुधार आउने छ ।

५) सिंह राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)

– सिंह राशि भएकाले धनतेरसमा आफ्नो नाम बाट कुनै पनि वस्तु खरदि नगर्दा राम्रो
– शनिको बास भएको हुनाले सुन, फलाम र शेयरमा प्रबेश नगर्दा राम्रो
– तामाको भाडा , कपडा र बच्चाको लागि कुनै पनि सामग्री नकिन्दा राम्रो
– सिंह राशि भएकाले धनतेरसमा गाईलाई खाना खुवाए र आफ्नो घरको पूर्व दिशामा एक दियो बाले देखि कारोबारमा भएको नोक्सान बाट बच्ने र दरिद्रता हट्नेछ ।
– काग तिहार बाट दीपावलीसम्म हरेक दिन आफ्नो घरको मुख्य द्वारको नजिक धेरै घिउ हालेर दियो बाले सुभ हुने छ ।

६) कन्या राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)

– धनतेरसको दिन कन्या राशिमा गजकेसरी योग बनेको हुनाले सुन, सम्पत्ति, हिरा, चादी , विधुतीय उपकरणहरु, गाडी,फर्नीचर किने देखि निकै नै लाभ मिल्ने छ भने कालो रंगको वस्तु वा कपडा किने देखि अशुभ हुने छ ।
– कन्या राशि भएकाले धनतेरसमा आर्थिक स्थिरताको लागि माता लक्ष्मीको मन्दिर मा २ वोटा कमलगट्टेको माला चढाउनुस्
– नरक चतुर्दशीको दिन आफ्नो घरको दक्षिण दिशामा एक दियो बाल्न जरुरी छ ।
– दीपावलीको दिन रातो कपडाले श्रीफललाई बाधेँर आफ्नो तिजोरीमा राखे आर्थिक संकट हट्ने छ र धन लाभ हुने छ ।

७) तुला राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)

– धनतेरसमा तुला राशि भएकाले लगानी गरे लाभ हुने छ ।
– सुन, तामा, गाडी, चाँदी का समान खरीद गर्दा लाभ मिल्ने छ भने फलामको सामग्री नकिन्दा उत्तम
– तुला राशि भएकाले ऋणबाट मुक्त हुनका लागि माता लक्ष्मीको मन्दिरमा नरिवल चढाउनूस ।
– नरक चतुर्दशीमा आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नुहोस्
– दीपावलीको दिन लक्ष्मी माताको मन्दिरमा कमल गट्टेको माला चढाए रोग, दुख र दरिद्रता सबै हटेर जान्छ र भौतिक सुख प्राप्त हुने छ ।

८) बृश्चिक राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)

– बृश्चिक राशि भएका मानिसहरुमा शनि को साढ़ेसात चलिरहेको हुदा काग तिहारको दिन आफ्नो नाममा कुनै पनि सामान खरिद नगर्दा राम्रो
– फलामको सामान र सुन किन्न नहुने तर परिवारमा कसैको नाम बाट चाँदी, भाडा , पित्तल, कपडा,फर्नीचर, बिधुतिय उपकरण खरिद गर्दा लाभ हुने
– बृश्चिक राशि भएकाहरुलाई घाटा बाट माथि आँउनका लागि मुर्दा घाट मा लगाइएको पानिको नाल या कुवाको पानि लेराएर पीपलको रुखमा चढाए लाभ हुने
– नरक चतुर्दशीमा आफ्नो घरको उत्तर दिशामा एक दियो बाल्नु पर्द छ ।

९) धनु राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)

– धनु राशि भएकाहरुले घर,जग्गा,जमिन र बहुमुल्य वस्तु खरिद गर्दा लाभ मिल्ने छ ।
– सुन, हिरा ,बहुमुल्य रत्न खरिद गर्दा पनि लाभ हुने छ .
– नरक चतुर्दशीमा आफ्नो घरको पूर्व दिशामा एक दियो बाल्नु होस् ।
– दीपावली को दिन पीपल को पातमा लक्ष्मी मंत्र लेखेर आफ्नो तिजोरीमा राखे धन लाभ हुने छ ।

१०) मकर राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)

– कपडा, सुन, चादी, गाडी , किताब, बहुमुल्य रत्न, चादीको भाडा खरिद गर्दा धेरै लाभ मिल्ने छ भने मकर राशि भएकाले विधुतीय उपकरण र घर,जग्गामा लगानी नगर्दा लाभ हुनेछ ।
– मकर राशि भएकाले आफ्नो आय स्रोत बढाउनका लागि सर्सिउको तेलमा दियो बल्नु पर्दछ ।
– नरक चतुर्दशीमा आफ्नो घरको दक्षिण दिशामा एक दियो बाल्नुहोस्
– दीपावलीको दिन शनि यन्त्र र मंगल यन्त्रको स्थापना गरि पूजा गर्नु पर्द छ ।
– शनि यन्त्र छ भने घरको पश्चिम दिशामा निलो कपडाले बाधेर राख्नुहोस
– दीपावलीको दिन रातो कपडामा नरिवल राखेर आफ्नो तिजोरीमा राखे माता लक्ष्मीको घरमा स्थायी वास हुने छ ।

११) कुम्भ राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)

– धनतेरसमा कुम्भ राशि भएकाले लगानी गरे निकै नै लाभहुने छ ।
– घर, जग्गा , सवारीसाधन, किताब, विधुतीय उपकरण,फर्नीचर खरिद गर्दा निकै सुभ हुने तर सुन वा बहुमुल्य रत्न भने खरिद गर्न नहुने
– कुंभ राशि हुनेले स्थायी सुख-समृद्धिको लागि धनतेरसमा आफ्नो परिवारसँग लक्ष्मी-गणेश र कुबेर जी को पूजा गर्नुहोस्
– नरक चतुर्दशीमा आफ्नो घरको पश्चिम दिशामा एक दियो बाल्नुहोस्
– दिपावलीको रात नरिवलको खबटामा घिउ हालेर दियो बाले लक्ष्मीको घरमा स्थायी वास हुने छ ।

१२) मीन राशि भएकाले ( के किन्ने , पूजा कसरी गर्ने?)

– सुनको आभूषण, चादीको भाडा, घर-जग्गा खरदि गर्दा निकै लाभ रहेको तर शेयर मा लगानी र अरुलाई उधारो दिए असुभ हुने
– मीन राशि भएकाले आफ्नो कारोबारमा फाईदा कमाउनु छ भने कुनै दुई वृक्ष रोपेर त्यसको सधै हेरविचार गर्ने संग्कल्प लिनुहोस्
– नरक चतुर्दशीमा आफ्नो घरको उत्तर दिशामा एक दियो बाल्नुहोस्
– दीपावलीको दिन पहेलो कपडामा बेसार राखी त्यसलाई ११ वोटा गाठो बनाएर आफ्नो तिजोरी मा राख्नुहोस
– माता लक्ष्मीको मन्दिरमा अगरबत्तीको दान गर्नाले कारोबार र काममा उन्नति मिल्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com