काठमाडौं, ७ कात्तिक । ऐतिहासिक तथा सांस्कृतिक महत्वको सम्पदा धरहरा पुननिर्माणको काम कछुवा गतिमा छ । राजनीतिक संरक्षण पुर्ननिर्माणको जिम्मा लिएको रमण कन्ट्रक्सनको मनलाग्दी छ । पुननिर्माणको जिम्मा पाएको रमन कन्स्ट्रक्सनले १ वर्ष बढी भैसक्दा पनि ३० प्रतिशत पनि काम गर्न सकेको छैन ।
ऐतिहासिक, सांस्कृतिक सम्पदा धरहरा भूकम्पले ढलेको ४ वर्ष भयो, लामो समय अलमलमा फसेको सरकारले अन्ततः प्राधिकरणमार्फत बनाउने बाचा गरेको हो। सरकारी बाचा अनुसार धरहराको पुननिर्माणको जिम्मा दिइयो पनि । कामको जिम्मा रमन कन्ट्रक्सनले लियो । दुई वर्षभित्र पुर्ननिमाण सक्ने गरि २०७५ पुष १२ मा प्राधिकरण र रमन कन्स्ट्रक्सनबीच सम्झौता भएको हो ।
तर सम्झौताको एक वर्ष बितेपनि कम्पनीको काम टीठ लाग्दो छ । २२ तले धरहरा बनाउने ठेक्का लिएको रमणले एक वर्षमा एक तला पनि निर्माण गर्न अझै सकेन । राजनीतिक संरक्षणमा ठेकेदार कम्पनीको मनोमानी छ ।
कमिशनको खेलमा ठेक्का लिने नौलो विषय त होइन नेपालमा । तेही मौकामा चौका हान्दै ठेक्का हात पारेको हो, रमण कन्ट्रक्सनले । तर रमणले राजनीतिक शक्तिको आडमा निर्माणमा अटेरी गरिरहेको छ । जसका कारण धरहरा पुनर्निर्माणको काम कछुवा गतिमा गुज्रीरहेको छ । यसको मुल कारण देशभरका ठेक्का ओगट्ने निर्माणकम्पनीको गलत प्रवृत्ति हो ।
पूंजी र प्रविधि भन्दाको क्षमता भन्दा पनि राजनीतिक दक्खलतामा ठेक्का हात पार्ने प्रचलन व्यापक छ । त्यही माहोलमा रमन कन्स्ट्रक्सनको राइदाइ चलिरहेकै छ धरहरा बनाउनमा । निर्माण कम्पनीको कमजोर कार्यकुशलताकै कारण हालसम्ममा अपेक्षित काम हुन सकेन ।
समयमै धरहरा पुननिर्माण हुन नसक्दा धरहरा परिसरका स्थानीयहरुको सामाजिक तथा आर्थिक गतिविधिमा समेत असर पुगिरहेको छ । राजधानीको व्यस्त क्षेत्र सुन्धरा परिसरमा रहेको धरहरा पुननिर्माण हुन नसक्दा काठमाडौंको सुन्दरतामै नकारात्मक प्रभाव परिरहेको छ । भ्रमण वर्ष २०२० नजिकिदै छ, धरहरहरा निर्माणको गति सुस्ताउदै छ ।भ्रमण वर्ष अगावै धरहरा नबन्ने भएपछि भ्रमण वर्षको रौनकतामा प्रभाव पर्ने पक्का छ ।
वि.सं. १८८२ मा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले बनाएको ११ तलाको धरहरा वि.सं. १९९० सालको भूकम्पले भत्काएको हो । राणाकालमा भत्किएको धरहराको मौलिक स्वरुपसहितमा जुद्ध शम्शेरले २ वर्षमै निर्माण गरेका हुन् । ९ तलाको धरहराको पुननिर्माण गर्न त्यति समय लागेन राणा प्रधानमन्त्री जुद्ध शम्शेरलाई । तर, अहिलेको वैज्ञानिक युगमा भने समयमै धरहराको पुननिर्माण हुन नसक्नु लज्जाको विषय हो । अपितु निर्माण कम्पनीले तोकिएकै समयभित्र पुरा हुने कसम खान छोडेकै छैन ।
त्यसो त रमन कन्स्ट्रक्सनले देशका अन्य राष्ट्रिय गौरवका आयोजनाहरुको काम पनि गरिरहेको छ । धरहराको बेसमेन्टको काम गर्न भएको समल लागेको उसको दावी छ । बेसमेन्टमा समय लागेपनि अन्य तला थप्नमा समय नलाग्ने रमणका प्राविधिको दावी छ ।
प्रतिक्रिया दिनुहोस्