काठमाडौं, ७ कात्तिक । नेपालीहरुको मुख्य चाड तिहार नजिकिएसंगै बजारमा तिहारलाई आवश्यक पर्ने सामानको किनमेल गर्नेहरुको चहलपहल बढ्न थालेको छ । काठमाडौंमा विशेषगरी असन, भोटाहिटी, न्युरोड, इन्द्रचोकल गायतका मुख्य बजारमा तिहारका लागि चाहिने सामान किनमेल गर्ने ग्राहकको चहलपहल ह्वात्तै बढेको छ ।
नेपालीहरुको चाड शुभदिपावली तथा तिहार नजिकिएसंगै काठमाडौं लगायत देशभर तिहारका सामाग्री किनमेल गर्ने ग्राहकको भिडभाड देखिन थालेको छ । प्राय सधैं भिडभाड भइरहने काठमाडौंको असन बजार तिहार नजिकिएसंगै झनै भिडभाड देखिन्छ । तिहारका लागि भाइमसला पाइने मुख्य स्थान मख्खन गल्लीमा पनि उस्तै भीड छ ।
खासगरी राजधानीको असन, इन्द्रचोक, न्यूरोड, बानेश्वर, कालिमाटी लगायतका स्थानहरु उपभोक्ताको भिडभाडकै कारण मेलास्थल जस्तै देखिएका छन् ।
बजारमा किनमेल गर्न आउने ग्राहकको यो भीडले तिहारको रौनक दर्शाएको छ । तिहारको समयमा विशेष प्रयोग हुने सामनहरु झिलीमिली बत्ती, तामा पित्तलका भा“डा तथा दियो, मखमली र सयपत्री फूल, प्लास्टीका मालाहरु, भाइमसला, सप्तर¨ी टिका लगायतका तिहार सामाग्रीहरु यतिवेला बजारमा राखिएको छ । भाइमसलाका लागि काठमाडांका मुख्य स्थान मख्खन गल्लीमा अन्य व्यापारीहरुले पनि तिहारको सामान विक्रिका लागि राखेका छन् । तिहार आउन लगभग १५ दिन अगाडीदेखी व्यापार सुरु हुने गरेको र भाइटिकाको अघिल्लो दिनसम्म व्यापार गरिने व्यापारी बताउछन ।
चार्डपर्व नजिकिएसंगै महंगीपनि बढ्दै गएको छ । यसको व्यवस्थापनमा सम्बन्धीत निकाएको धयान पुग्न नसक्दा सास्ताी खेप्नु परेको ग्राहक बताउ“छन् ।
तिहारको सुरुवातस“गै राजधानीको न्युरोड असनलगाएतका स्थानका पसलहरुमा तिहारमा प्रयोग हुने विभिन्न सरसामानको किनमेल गर्न सर्वसाधारणको भिड लागेको छ ।
सर्वसाधारणले बजारमा तिहारमा प्रयोग हुने विभिन्न किसिमको बत्ती, दियो, कपास, टिका लगायतका सरसामानहरु किन्ने गरेका छन् । हरेक समयका लागि सदावहार बजार मानिने काठमाडौको असन, न्युरोड र इन्द्रचोकलगाएतका स्थानको महत्व चाडपर्वमा अझ बढी हुने गर्दछ । भान्सादेखि पूजाकोठा र नुनदेखि सुनसम्मका सबै सामग्री भेटिने यी स्थानमा चाडपर्वको समयमा झनै भिडभाड हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्