ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खजुरा सम्मेलन : १५, २० वर्षसम्म गर्ने कामको योजना बनाउनुपर्छ – मुख्यमन्त्री पोखरेल


एबीसी न्यूज


नेपालगंज, ६ कात्तिक ।  पछिल्लो समय स्थानीय सरकारहरुले समेत केन्द्र सरकारको झझल्को दिनेगरी ठूला कार्यक्रमहरु आयोजना गरिरहेका छन् । केही समयअघि रुपहेन्दीको एक स्थानीय तहले लगानी भित्राउने उद्वेश्यका साथ लगानी सम्मेलन गरेको थियो ।

बाकेको खजुरा गाउपालिकाले पनी बृहत् खजुरा सम्मेलनको आयोजना गरेको छ । गाउपालिकाले योजना निर्माणमा टेवा पु¥याउने उद्देश्यले नै वृहत खजुरा सम्मेलनको आयोजना गरेको हो ।

बिहीबारसम्म चल्ने सम्मेलनमा विज्ञहरुले तयार पारेका विभिन्न बिषयका कार्यपत्र प्रस्तुत हुनुका साथै त्यसमाथि छलफल समेत हुनेछ । सम्मेलनमा देश तथा विदेशमा रहेका खजुराबासीहरु उपस्थित भएर यहाको विकासको बारेमा प्रत्यक्ष रुपमा छलफल गर्नेछन् । सम्मेलनबाट खजुराबासीहरुले दिएको सुझावको आधारमा गाउपालिकाले योजनाहरु अगाडि सार्नेछ ।

खजुराबासीको सिकाई आदानप्रदान गर्न र खजुरा क्षेत्रका विषय विज्ञ, प्राज्ञिक सामाजिक तथा आर्थिक विकासमा अभ्यासरत व्यक्तित्वहरुबाट पृष्ठपोषण ग्रहण गर्ने उद्देश्य राखिएको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतीले बताए । उनका अनुसार सम्मेलनमा खजुरा घर भई विभिन्न क्षेत्रमा मानिसहरुको अनुभव र ज्ञान साटासाट गर्ने समृद्व खजुराको परिकल्पना समेत गरिनेछ ।

सम्मेलनमा विषय विज्ञहरुले तयार पारेको आर्थिक विकास, विकासमा जनसहभागिता, योजनावद्ध खजुरा शहर, लैंगिक र महिला सशक्तीकरण खजुरा, खजुरामा कृषि, खेलकुद, गुणस्तरीय स्वास्थ्य सेवा लगायतका विषयमा कार्यपत्र प्रस्तुत र छलफल सहित कार्यपत्र पारित गरिने छ । सम्मेलनको उद्घाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले १५, २० वर्षसम्म गर्ने कामको योजना बनाउनुपर्ने बताएका थिए । गाउ“पालिका भित्र रहेका विभिन्न कामहरुलाई १५, २० वर्षसम्म कसरी अगाडि बढाउने भन्ने कुरामा सम्मेलन केन्द्रित हुनुपर्नेमा उनले जोड
दिए । त्यसो हुन सकेमात्र समृद्व खजुरा हुनसक्ने मुख्यमन्त्री पोखरेलको भनाई छ ।

सम्मेलनमा देश तथा विदेशमा रहेका दुई सय ५० भन्दा बढी खजुराबासी नागरिकहरुको सहभागिता रहेको छ । खजुरामा पहिलोपटक भएको सम्मेलनले नीतिगत रुपमा ठूलो टेवा पु¥याउनुका साथै समृद्ध खजुराको सपना पुरा गर्न कोशेढुङ्गा सावित हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com