ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २९, २०८३ शुक्रबार
बजेटको नाममा भएको नीतिगत खेलोफड्को र डोजर राजनीति के हो? पूर्वमन्त्री तथा विश्लेषक केशव बडाल
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओलीले दिए न्हूदँ राष्ट्रिय समारोह समितिका प्रतिनिधिमण्डललाई यस्तो वचन


एबीसी न्यूज
कार्तिक ६, २०७६ बुधबार   ४ : ४६   बजे


काठमाडौँ, ६ कात्तिक ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष नेपाल संवत् ११४० को उपलक्ष्यमा काठमाडौँको वसन्तपुरमा आयोजना गरिने शुभकामना सभामा सहभागी हुने वचन दिनुभएको छ ।

बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा नेपाल संवत न्हूदँ राष्ट्रिय समारोह समिति ११४० का प्रतिनिधिमण्डलसँगको भेटघाटको क्रममा उहाँले उक्त वचन दिनुभएको हो ।

प्रधानमन्त्री ओलीले आफू नेपाल संवत्को ¥याली तथा सभामा प्रधानमन्त्री नभएको बेलामा पनि उपस्थित हुने गरेको स्मरण गराउँदै यस पटक आयोजना हुने सभामा उपस्थित भई काठमाडाँंैका जनतालाई केही कुरा भन्ने इच्छा राखेको जानकारी पनि दिनुभयो ।

नेपालको संस्कृति र परम्पराको जगेर्नामा नेपाल सरकारको सदैव सहयोग रहने विश्वास पनि उहाँले उक्त प्रतिनिधिमण्डललाई दिलाउनुभयो ।
न्हूदँ समारोह समिति ११४० का अध्यक्ष रमेश महर्जनको नेतृत्वमा गएको उक्त प्रतिनिधिमण्डलमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य एवं पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठको विशेष उपस्थिति रहेको थियो ।

अध्यक्ष महर्जनले प्रधानमन्त्री ओलीलाई कात्तिक १२ गते वसन्तपुरमा आयोजना हुने शुभकामना सभामा विशेष अतिथिको रुपमा उपस्थित भइदिनु हुन अनुरोध गर्दै नेपाल संवत् प्रवद्र्धनका लागि अघि बढाउनुपर्ने कार्ययोजनाबारेको एक ध्यानाकर्षण पत्र बुझाउनुभएको थियो ।
उक्त प्रतिनिधिमण्डलमा प्रतिनिधिसभा सदस्य जीवनराम श्रेष्ठ, ३ नं प्रदेशका सांसद वसन्त मानन्धर, पूर्व पर्यटन तथा संस्कृति राज्यमन्त्री दिलीप महर्जन, न्हूदँ समारोह सल्लाहकार समितिका संयोजक लक्ष्मीदास मानन्धर, न्हूदँ समारोह समितिका पूर्व अध्यक्ष डा चुन्दा बज्राचार्य, सुरेन्द्रवीर मालाकारलगायत समारोह समितिका सदस्यहरु हुनुहुन्थ्यो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

देशका धेरै स्थानमा आज पानी पर्ने, काठमाडौंमा बिहानैदेखि वर्षा

फिफा विश्वकप २०२६ : कुन टोलीबीच कहाँ र कहिले हुँदैछन् खेल?

सम्बन्धित

प्रश्न गर्ने सांसदलाई अर्थमन्त्री वाग्लेको चेतावनीः तपाईंका काण्ड पनि खुल्नेछन्

संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

नक्कली भुटानी शरणार्थी प्रकरण : केपी ओलीसहितलाई बयानमा बोलाउनु पर्ने माग गर्दै निवेदन दर्ता

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोल्नुभयो : ज्ञानेन्द्र शाही

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

आज सातै प्रदेशमा वर्षाको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group