ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल-बंगलादेश प्राविधिक समितिको चौथो बैठक काठमाडौंमा के–के भए सहमति? (भिडियोसहित)


admin
कार्तिक ६, २०७६ बुधबार  १ : ४८ बजे

काठमाडौं, ६ कात्तिक । आपसी हित तथा व्यापारको विषयमा नेपाल र बंगलादेश दुई देशको प्राविधिक समितीको चौथो बैठक राजधानीमा दुई दिनसम्म चल्नेछ । बैठकमा विगतमा भएका समझदारीहरुलाई अन्तिम रुप दिइने साथै नयाँ योजनाहरुमा सहमति गरिने मन्त्रालयको प्राविधिक समितीले जनाएको छ ।

नेपाल र बङ्गलादेशसंगको व्यापार घाटा न्यूनीकरण गर्ने २३ वटा विषयमा काटमाडौंमा विस्तृतमा छलफल भइरहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ । बंगलादेशसँग विद्युत व्यापार, विद्यार्थीका लागि भिसा सहजीकरण, कार्र्गो बोक्ने सवारी साधन, बन्दरगाह प्रयोग, धागो निकासी लगायत २३ विषयमा चलिरहेको छ । वार्तामा नेपालका तर्फबाट उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकालको नेतृत्वमा १५ जनाको टोली र बंगलादेशको तर्फबाट सहसचिवकै नेतृत्वमा सात सदस्यीय टोली रहेका छन् । नेपाल र बङ्गलादेशबीच व्यापार अभिवृद्धिमा टेवा पु¥याउने उद्देश्यले दुई देशबीच वाणिज्य सहसचिवस्तरीय प्राविधिक समितिको चौथो बैठक जारी रहेको आपूर्ती मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । बैठकमा बङ्गलादेशसँगको व्यापार घाटा न्यूनीकरण गर्ने विषयमा पनि विस्तृतमा छलफल हुने ढकालको भनाई छ ।

काठमाडौँदेखि ढाकासम्म सिधा बससेवा सञ्चालनका बारेमा पनि बैठकमा छलफल भएको छ । निकै ठूलो संख्यामा नेपाली विद्यार्थीले बङ्गलादेशमा अध्ययन गरिरहेका छन् । सिधा बस सेवा सञ्चालनसँगै नेपाली विद्यार्थीलाई आवतजावतमा सुविधा पुग्ने बताइएको छ । यसैगरी नेपाल–बङ्गलादेश ‘कार्गो’ ढुवानीका बारेमा पनि छलफल हुने सहसचिव ढकालले जानकारी दिनुभयो । नेपाली विद्यार्थीलाई बङ्गलादेशको सहज प्रवेशाज्ञा दिलाउने विषयमा पनि छलफल हुनेछ । सहसचिव ढकालले जलमार्गमार्फत नेपाल र बङ्गलादेशलाई जोड्ने विषयमा पनि घनिभूत छलफल भईरहेको बताएका छन् ।

नेपालको पूर्वी भागबाट बङ्गलादेशमा हवाई सेवा सञ्चालन गर्ने गरी ‘एयर रुट’ का बारेमा पनि प्राविधिक समितीमा छलफल भईरहेको छ । वार्ताका क्रममा केही विषयलाई अन्तिम रुप दिई द्विपक्षीय समझदारी (एओयू) को मस्यौदालाई अन्तिम रुप दिइने तयारी भैरहेको समितीले जनाएको छ । बंगलादेशसँग सन् १९७६ मा चार वटा बन्दरगाह प्रयोग गर्न पाउने गरी सम्झौंता भएको थियो । हाल नेपालले फुलबारी बन्दगाह मात्र प्रयोग गर्न पाएको छ । अन्य बन्दरगाह प्रयोग सहज छैन । बंगलादेश र नेपाल दुबै विकासील राष्ट्र भएकोले स्वदेशी उद्योग संरक्षणका लागि विभिन्न सेफगार्ड उपाय अबलम्बन गरिरहेका छन् । वार्ता टोलीका बंगलादेशका प्रतिनिधी शारिफा खानले पनि नेपाल र बंगलादेशबीचमा हुन सक्ने व्यापारसम्बन्धित गतिविधिलाई सहकार्य गरी अगाडी बढ्नुपर्नेमा जोड दिएकी छिन् ।

प्राविधिक समितिले अन्तिमरुप दिएको एमओयूमाथि नेपाल–बङ्गलादेशबीचको उच्च राजनीतिक तहमा हस्ताक्षर हुने बताइएको छ । बैठक मङ्गलबारसम्म चल्नेछ । दुईदेश बीचको आर्थिक तथा व्यापारिक गतिविधिलाई आपसी हितमा केन्द्रित रहि सहमति हुनु फलदायी नै हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

करको दर घटाउनुपर्छ ः राजनीतिक विश्लेषक , रायमाझी भिडियो

सम्बन्धित

प्रधानमन्त्रीलाई थाहा नदिई किन जारी गरियो कथित गोप्य सूचनाको सूची, सम्पूर्ण नालीबेली(भिडियो)

अनलाइन पासपोर्टको लाइनकै दुख, परराष्ट्रलाई छैन चासो (भिडियोसहित)

बागमती प्रदेशमा कस्को सरकार बन्ला ? (भिडियोसहित)

२०६४ पछिका निर्वाचनमा माओवादीको संसदीययात्रा ओरालो तर्फ ? (भिडियोसहित)

प्रधानमन्त्री पदकै कारणले गठबन्धन कुनै हालतमा टुट्दैन : प्रचण्ड(भिडियो)

यस्तो छ सत्ता गठबन्धनमा एकीकृत समाजवादीको निरन्तर असन्तुष्टी (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com