काठमाडौं, ६ कात्तिक । साझा यातायातले ल्याउने भनिएको विद्युतीय बस खरिदको प्रक्रिया रोकिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायातलाई पत्र लेख्दै विद्युतीय बस खरिदको प्रक्रिया अघि नबढाउन निर्देशन दिएपछि बिद्युतिय बस चलाउने साझाको योजनामा ब्रेक लागेको हो । ३ सय बिद्युतिय बस ल्याउन ३ अर्व बजेट जुटाइए पनि खरिद प्रक्रिया अन्तिम चरणमा आएर रोकिएको हो ।
सरकारले साझा यातायातलाई विद्युतीय बस खरिदको लागि प्रक्रिया रोक्न निर्देशन दिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले साझा यातायतलाई पत्र लेख्दै विद्युतीय बस खरिदको प्रक्रिया अघि नबढाउन निर्देशन बिद्युत बस नेपाल ल्याउने प्रक्रियामा बे्रक लागेको हो । एक वर्षअघि वातावरण मैत्रीहुने र इन्धनको समेत बचत हुने भन्दै ३ सय वटा विद्युतीय बस किन्ने सरकारले निर्णय गरेको थियो । बस किन्नको लागि समेत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ३ अर्ब रुपैया साझा यातायातलाई दिएको थियो तर, प्रक्रिया अघि बढेपनि यातायात मन्त्रालयलाई विद्युतीय बसको स्पेसिफिकेसन र प्रगती बिवरणमा चित्त नबुझेपछि खरिद प्रक्रिया नै रोकिएको बताइएको छ ।
स्पेसिफिकेसनको टुंगो लागेपछि बिद्युतिय बस खरिदको लगि टेन्डर प्रक्रियाको अन्तिम चरणमै थियो । खरिद प्रक्रियामा आउने समस्याको टुंगो लगाउन समिति पनि बनाइएको थियो । जसमा भौतिक पूर्वाधार मन्त्रालय, काठमाडौं महानगरपालिका र साझा यातायतकै प्रतिनिधी थिए । समितीमा केही बिवाद नहु“दानहु“दै पनि यातायात मन्त्रायले अचानक खरिद प्रक्रिया नबढाउन निर्देशन दिएपछि साझा यातायात अन्योलमा परेको छ ।
स्पेसिफिकेसन तयार भएपछि टेण्डर प्रक्रिया सुरु गर्ने बेलामा सबै प्रक्रिया रोकिनुले बिभिन्न आशंका पैदा भएका छन् । यसरी नेपालमा बिद्युतिय बसको आवश्यकता बढिरहेको अवस्थामा बस किन्नबाट रोक्नुले कतै कमिसनको चलखेल त भएको होइन भन्ने आशंका पनि उब्जिएको छ । त्यसैले देखिएका प्रबिधीक समस्यालाई समाधान गरी बस खरिदको प्रक्रिया तिब्र गतिमा अगाडी बढाउनु आवश्यक छ ।
प्रतिक्रिया दिनुहोस्