काठमाडौं, ६ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य‘किरण’ले जनयुद्धमा संगसंगै संघर्ष गरेकाहरुले ढुलमुले कार्यदिशा लिएर हिडेको बताउनुभएको छ ।
नेकपा (क्रान्तिकारी माओवादी) जिल्ला कमिटि प्यूठानले आज नयाँ बजार जुम्रीमा गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव बैद्यले नयाँ जनवादी क्रान्तिसंगै जनताको राज्यसत्ता निर्माणको लागि दश बर्षे जनयुद्धमा लागेका नेताहरुले प्रतिवद्धता भुलेको दाबी गर्नुभयो ।
जनयुद्धको नेतृत्व गरेका प्रचण्ड कहिले पुँजीवादी जस्तो त कहिले कम्युनिष्ट जस्तो भनेर ढुलमुल गरेको टिप्पणी गर्नुभयो । बाबुराम भट्टराई कम्युनिष्ट विचार त्याग गरेको र विप्लवले अस्पष्ट कार्यदिशा लिएर एकिकृत जनक्रान्ति भन्दै हिड्ने गलत काम गरेको बताउनुभयो । उहाले सरकारले पनि विप्लव समूहलाई नबुझी उनीहरुमाथि अराजनितिक व्यवहार गरिरहेको भन्दै राजनीतिक ढंगले समस्या समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराउनुभयो ।
सरकार राष्ट्रियताको बिषयमा गम्भिर नभएको नेता वैद्यले आरोप लगाउनुभयो । भारतले बनाइदिएको नेपालको नक्सा प्रयोग गर्दा लिपुलेक क्षेत्रको आधा सय कि.मि. जमिन नेपालमा नदेखिएको भएपनि दुई तिहाईको सरकारले चासो नदिएको उहाको आरोप छ । वेल्ट एण्ड रोड चाइनाको आर्थिक सहयोग निति ठिक भएपनि अमेरिकाको रणनिति हिन्द प्रशान्त रणनितिमा भएको शैन्य साझेदारी गलत भएको औल्याउनुभयो
प्रतिक्रिया दिनुहोस्