ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भोटेकोशीमा अन्तरराष्ट्रिय प्रतियोगिता : ३० देशका ४०० खेलाडी सहभागी हुने


admin

काठमाडौं, ६ कात्तिक ।अन्तरराष्ट्रियस्तरको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ सिन्धुपाल्चोकमा हुने भएको छ । नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सीज नारा को आयोजनामा आगामी मङ्सिर १० देखि १२ गतेसम्म भोटेकोशी नदीमा अन्तरराष्ट्रियस्तरको सो प्रतियोगिता हुनलागेको हो ।

नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज नारा ले सन् २००२ देखि विश्वका विभिन्न देशका प्रतियोगी सहभागी गराइ वार्षिकरूपमा नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा आयोजना गर्दै आइरहेका ‘हिमालयन ह्वाइट वाटर च्यालेन्ज’ कार्यक्रम यस वर्ष सिन्धुपाल्चोक जिल्लास्थित भोटेकोशी नदीमा हुनलागेको नाराका सहकोषाध्यक्ष नारायण श्रेष्ठले बताउनुभयो ।

सरकारले नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन लिएको उद्देश्यअनुरुप पर्यटक नेपाल भित्र्याउन नेपालको साहसिक जलयात्रा व्यवसायलाई विश्व बजारमा प्रचारप्रसार र प्रवद्र्धन गर्नुपर्नेमा नाराको जोड छ । विश्वभरिबाट साहसिक जलयात्राका लागि बढीभन्दा बढी पर्यटक भित्र्याएर नेपाल भ्रमण वर्षमा सहभागी गराउने प्रमुख उद्देश्यले उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । नाराका अनुसार यातायातको सहजता, भौगोलिक निकटता, खोलाको अवस्था तथा विभिन्न प्राविधिक कारणले यस वर्ष भोटेकोशीमा यस्तो प्रतियोगिता गर्न लागिएको हो ।

नेपाल एशोसिएसन अफ ¥यफ्टिङ एजेन्सिज ९नारा०को आयोजना र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहकार्यमा सञ्चालन हुनलागेको हिमालयन ह्वाइट वाटर च्यालेन्ज २०१९ मा कायाक एक्सट्रम स्लालम, डाउनरिभर रेस, कर्पोरेट ¥याफ्टिङ रेस र बोटर क्रस गरी चार विधामा कार्यक्रम सञ्चालन गरिनेछ । सो कार्यक्रममा ३० भन्दा बढी देशका ४०० खेलाडी गाइड तथा साहसिक पर्यटनका पारखीलाई सहभागी गराउने लक्ष्य रहेको श्रेष्ठले जानकारी दिनुभयो ।उत्कृष्ट खेलाडीलाई पुरस्कारको पनि व्यवस्था छ । उत्कृष्ट खेलाडीलाई कम्तीमा एक हजार डलर पुरस्कार दिइने भनिए पनि सहभागी सङ्ख्याका आधारमा पुरस्कार राशि बढ्नसक्ने बताइएको छ । प्रतियोगिताको उद्घाटनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्त्याउने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com