काठमाडौं, ६ कात्तिक –जनकपुरधाम वडा नम्बर १४ विद्युत प्राधिकरण नजिकै बुधवार ४० वर्षिय मनोज शाहको गोली हानी हत्या भएको छ ।
स्थानीय पंकज शाहले पैसा माग्न जाँदा उनीको गोली हानी हत्या गरेका हुन् । प्रत्यक्षदर्शी अमित कुमार शाहका अनुसार, वडा नम्बर १४ भुजेलीमा मनोज पंकजको घरमा पैसा माग्न गएका थिए । सोही समयमा पंकजले उनलाई गोली हानेका हुन् । उनीहरूको पहिलेदेखि नै लेनदेन हुने गरेको बताइएको छ । मृतक शाहको शब परिक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
पक्राउ परेका पंकजको साथबाट प्रहरीले कटुवा पेस्तोल तथा गोली बरामद गरेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्