ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

योजना कार्यान्वयनमा चासो दिन मुख्यमन्त्रीको आग्रह


admin
कार्तिक ५, २०७६ मंगलबार   ७ : ३४   बजे

काठमाडौं, ५ कात्तिक । प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले स्थानीय तहका योजना कार्यान्वयनमा जनप्रतिनिधिले चासो दिनुपर्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा बाँकेले आज नेपालगञ्जमा आयोजना गरेको स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले योजना समयमै सम्पन्न हुन नसके त्यसको प्रत्यक्ष असर जनता र स्थानीय तहलाई पर्ने उल्लेख गर्नुभयो ।

“हाम्रा जनप्रतिनिधिमा योजना पार्नमा दौडधूप गरेर जोड दिने तर कार्यान्वयनमा बेवास्ता गर्ने समस्या देखिएको छ”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “योजना पार्नमा जस्तै कार्यान्वयनमा पनि प्रभावकारी भूमिका खेल्नुपर्ने आवश्यकता रहेको छ ।” उहाँले योजना कार्यान्वयन प्रक्रिया प्रभावकारी नभई रकम खर्च नभएर फिर्ता जानु जनता र स्थानीय तहका लागि प्रत्यक्षरुपमा घाटा हुने र विकास कार्य पछाडि पर्ने भएकाले जनप्रतिनिधिले यस विषयमा अग्रसरता देखाउनुपर्ने उहाँको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलले प्रदेश सरकारले अघि सारेको समृद्धिको यात्राले लक्ष्य उन्मुख रहेको बताउनुभएको छ । “प्रदेश ५ ले कूल गार्हस्थ उत्पादनको ७ दशमलव ७ प्रतिशत वृद्धिदर हासिल गर्न सक्नु समृद्धिको यात्रातर्फ उन्मुख हुनु हो”, मुख्यमन्त्री पोखरेलले भन्नुभयो, “जनतामा निराशाको प्रचार फैलाए पनि निराशा हुनुपर्ने कुनै कारण छैन ।”संविधान निर्माणपूर्व नेपालको कूल गार्हस्थ उत्पादन ४ प्रतिशत रहेको र सङ्घीयता कार्यान्वयन भएसँगै ७ प्रतिशत नजिक पुग्नु नेपाल समृद्धिको बाटोमा पुगेको गतिलो उदाहरण भएको मुख्यमन्त्री पोखरेलको भनाइ थियो ।

मुख्यमन्त्री पोखरेलले बाँके जिल्लामा नेकपाबाट निर्वाचित जनप्रतिनिधि स्थानीय तहका प्रमुख र अध्यक्षदेखि वडा सदस्यसम्मलाई स्थानीय तह सञ्चालन, व्यवस्थापन र जनपक्षीय कार्यशैलीका बारेमा प्रशिक्षण दिएको नेकपा बाँकेका सचिव अशोक कोइरालाले जानकारी दिनुभयो । मुख्यमन्त्री पोखरेलले बुधबार बाँकेको खजुरा गाउँपालिकाले आयोजना गरेको बृहत् खजुरा सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई किन संसद् मन पर्दैन ?

यसपालिको प्रि–मनसुनमा ४५ वर्षयताकै धेरै वर्षा मापन

सम्बन्धित

सक्रिय राजनीतिबाट अलग भएको महराको घोषणा

पासपोर्ट छपाइ भ्रष्टाचारमा आरजु राणालाई अख्तियारले गर्‍यो म्याद तामेल

भिजिट भिसामा ओमान जान लागेका २७ जना महिला प्रहरी नियन्त्रणमा

एमालेको प्रश्न–प्रधानमन्त्रीले स्थायी रूपले अर्थमन्त्रीलाई सबै जिम्मेवारी हस्तान्तरण गरेको हो ?

सुधन गुरुङलाई हर्क साम्पाङको प्रश्न :अनलाइनमा मुख छाड्नेलाई सरकारले के कारबाही गर्छ ?

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group