ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘चिनियाँ राष्ट्रपति सीको भ्रमणका रणनीतिक तीन आयाम’


एबीसी न्यूज


काठमाडौं, ५ कात्तिक ।  “नेपालको भूजडित हुने सपनालाई पूरा गराउन चीनका राष्ट्रपति सी चिनफिङले व्यक्त गर्नुलाई सामान्य अर्थमा मात्रै हेर्न मिल्दैन ।” सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठका विचारमा “राष्ट्रपति सीले उक्त भनाइको अर्थ नेपाल समुद्रसँग जोडिए जत्तिकै ठान्दा हुन्छ भन्नु हो । यो नेपालको विकासमा चिनियाँ सहयोगको गुणात्मक र नयाँ सैद्धान्तिक आधार हो ।”

आफ्ना तर्कलाई निर्भयताका साथ व्यक्त गर्ने पूर्वउपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठले चीनसँगको मित्रताको उचाइ धेरै माथि पुगेको र चीनका राष्ट्रपतिको तहबाट नेपालमै आएर अबदेखि नेपालले कहिल्यै पनि पारवहनसँग जोडिएका समस्या नेपालले भोग्नु पर्दैन भन्ने स्पष्ट र रणनीतिक सन्देश दिइएको बताउँदै नेपाल र चीनबीचको सम्पर्क सञ्जाल विस्तारका पहलले नेपालको दक्षिण एशियासम्मको अन्तक्र्रियालाई बढाउने स्पष्ट गर्नुभयो ।

विसं २०७२ मा नेपालको संविधान जारी हुने समयमा दक्षिणी छिमेकी भारतले नेपालमा पेट्रोलियम पदार्थमा अघोषित नाकाबन्दी लगाएको थियो । त्यसपछि गठित प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले उत्तरी छिमेकी चीनसँग व्यापार र पारवहन सम्झौता गरेको थियो ।

चीनसँग जोडिएकामध्ये एक महत्वपूर्ण नाका रहेको सङ्खुवासभाका जिल्लाका सरोकारवाला पक्षसँग मङ्गलबार गरिएको छलफलमा नेकपामा विदेश विभागको समेत अनुभव सम्हालेका नेता श्रेष्ठले राष्ट्रपति सीको नेपालको राजकीय भ्रमणका सन्देश र उपलब्धिबारे व्याख्या गर्दै भ्रमणका उपलब्धिलाई तीन रणनीतिक आयाम र पाँच उद्देश्यमा प्रकाश पार्दै हुनुहुन्थ्यो । उहाँले भ्रमणले राजनीतिक र सैन्य नभई दुई देशलाई महत्वपूर्ण रणनीतिक आर्थिक साझेदारका रुपमा स्थापित गरेको जनाउनुभयो ।

के हुन् ती तीन आयाम रु नेता श्रेष्ठको व्याख्यामा “पहिलो, चीनले नेपालको सार्वभौमिकता, राष्ट्रियता र राष्ट्रिय अखण्डताको सम्मान गर्र्दै यसलाई अक्षुण राख्न नैतिक आड भरोसा प्रकट गरेको छ । दोस्रो, नेपालको भूजडित हुने सपनालाई व्यवहारतः पूरा गर्ने प्रतिबद्धता जनाएको छ । तेस्रो, दुई देशबीचको सम्बन्ध मित्रताको उचाइका साथ आर्थिक विकासका रणनीति साझेदार हुने ऐतिहासिक सम्झौता भएको छ ।”

नेपालले आफ्नो स्वाधीनताको रक्षा प्रथमतः आफैँले गर्नुपर्छ तर विश्व रङ्गमञ्चमा शक्तिशाली मानिएको छिमेकी मुलुकले यसलाई अक्षुर्ण राख्न साथ दिन्छु भन्नु ठूलो आड भरोसा भएको श्रेष्ठको तर्क छ । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी चीनको कम्युनिष्ट पार्टीका महासचिव एवं राष्ट्रपति सीले गत असोज २५ र २६ गते नेपालको राजकीय भ्रमण सम्पन्न गर्नुभएको थियो ।

चीनका राष्ट्रपतिका तहबाट २३ वर्ष नेपाल भ्रमण भई केरुङ काठमाडौँ रेलमार्गको विस्तृत परियोजना प्रतिवेदनलगायत एक दर्जन बढी विषयमा साझेदारीको सम्झौता भएको छ भने संयुक्त वक्तव्यमा आपसी सम्बन्ध र सहकार्यका आयमबारे स्पष्ट उल्लेख गरिएको छ ।

प्रवक्ता श्रेष्ठको बुझाइमा राष्ट्रपति सीको भ्रमणले दुई देशको सरकार, जनता र पार्टीसँगको आत्मिय सम्बन्ध विस्तार गरेको, नेपालको प्रतिष्ठा, महत्व र स्थानलाई स्थापित गरी नेपाल भ्रमण वर्ष २०२० लाई योगदान दिने निश्चय गरेको तथा विश्वासिलो आपसी मित्रतामा कोसेढुङ्गा सावित भएको छ । सीको भ्रमणका अवसरमा नेपालभित्रका सबै दल र क्षेत्रका बीचमा असाधारण एकता प्रदर्शन भएको पनि उहाँको विश्लेषण छ ।

सङ्खुवासभा सरोकार समाजका अध्यक्ष डा देउमान सम्बाहाम्फेबाट राष्ट्रपति सीको भ्रमणका उपलब्धि र किमाथाङ्का नाका चाँडो खुल्ले अपेक्षासहितको कार्यपत्र प्रस्तुत गरिएको कार्यक्रममा जिल्लाका सांसद कोशी करिडोरअन्तर्गतको खाँदबारी किमाथाङ्का जोड्ने सडकको १४ किलोमिटर चट्टानी क्षेत्रमा ट्र्याक खुलाउन गत भदौ २२ गतेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनालाई जिम्मेवारी दिएकाले नयाँ आशा पलाएको बताउनुभयो ।

पूर्वराज्यमन्त्री एवं नेपाली काङ्ग्रेसका नेता दीपक खड्काले पनि राष्ट्रपति सीको भ्रमणको बहुआयामिक महत्व रहेको र राजनीतिक स्थिरततासँगै नेपालले विकास र समृद्धिको फड्को मार्नुपर्ने मत व्यक्त गर्नुभएको थियो । नेता खड्को जोड थियो, “समृद्धि हासिल गरेर अब नेपालले पनि अरुलाई केही दिन सक्ने हुनपर्छ ।”

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com