ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानेपानी पाइप मर्मतका लागि सेना परिचालन


admin
कार्तिक ५, २०७६ मंगलबार  ७ : ०१ बजे

काठमाडौं, ५ कात्तिक ।  बागलुङ बजारमा वितरण भइरहेको खानेपानी पहिरोका कारण अनियमित भएपछि सेनाको सहयोगमा मर्मत कार्य शुरु गरिएको छ । गत असोजको वर्षाले बागलुङ नगरपालिका–३ बोक्सेमा गएको पहिराले बागलुङ बजारमा आउने खानेपानीको पाइप बगाएपछि खानेपानीको आपूर्ति नियमित हुन सकेको छैन ।

ठूलो पहिरो भएका कारण तत्कालै मर्मत कार्य गरे पनि पटकपटक पाइप फुट्न थालेपछि व्यवस्थित तरिकाले मर्मत थालिएको हो । मर्मतमा लागि २३ नम्बर सैनिक अड्डा सेराडिल ब्यारेक बागलुङमा रहेका नेपाली सेनाको सहयोग ल्याइएको बागलुङ नगर खानेपानी उपभोक्ता संस्थाका प्रबन्धक हिमाल शर्माले जानकारी दिनुभयो । कर्मचारीले मात्र ठूलो काम गर्न समय लाग्ने भएका कारण सेनाको सहयोग मागिएको खानेपानी उपभोक्ता संस्थाले जनाएको छ । पहिरोले पानीको पाइप बगाउँदा बजार क्षेत्रभित्र पर्याप्त पिउने पानी उपलब्ध गराउन समस्या हुँदै आएको उपभोक्ता संस्थाका अध्यक्ष हरिप्रसाद श्रेष्ठले बताउनुभयो ।

रेशबाट ल्याइएको पानीको पाइप पहिरोका कारण पटकपटक बगाएपछि त्यसलाई दीर्घकालीन व्यवस्थापनका लागि सेना परिचालन गरिएको श्रेष्ठले बताउनुभयो । “नेपाली सेनाको सहयोगबाट पहिरोग्रस्त क्षेत्रमा ढुङ्गा लैजाने, ग्याबिन चिन्ने काम भइरहेको छ”, प्रबन्धक शर्माले भन्नुभयो, “नेपाली सेनाले हामीलाई पटकपटक अप्ठ्यारो पर्दा सहयोग गर्दै आएको छ ।” एक हप्ता अगाडि नेपाली सेनाको १५ जनाको टोलीले उक्त स्थानमा सहयोग गरेको थियो भने मङ्गलबार १७ जनाको समूहले सहयोग गरेको शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार आवश्यकताअनुसार सेनाको सहयोग लिइरहने बताउनुभयो ।

काठेखोला गाउँपालिका–७ रेशबाट बागलुङ बजारमा पिउनका लागि पानी ल्याइएको छ । मर्मत कार्य तदारुकताका साथ भइरहेको र केही दिनभित्र काम सम्पन्न हुने संस्थाले जनाएको छ । बागलुङ बजार क्षेत्रभित्र रिठेखोला मुहान, रेश खोला मुहान र भुदी खोला मुहानबाट पिउनका लागि पानी ल्याइँदै आएको हो । अहिले रिठेखोलाबाट ३।५ लिटर प्रतिसेकेण्ड, रेशबाट १७ लिटर प्रतिसेकेण्ड र भुदीबाट १७ लिटर प्रतिसेकेण्ड पानी दैनिक आउने गरेको छ । अहिले तीनवटा मुहानबाट ल्याइएको पानी अपुग भएपछि काठेखोलाको लिफ्टमार्फत बागलुङ बजारमा ल्याउने कार्य धमाधम भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गृहमन्त्रीको राजीनामावारे भारतीय मिडिया भन्योले बालेन सरकारलाई अर्को झट्का

सुधनको राजीनामाप्रति प्रचण्ड– जे गर्नुभयो, राम्रो गर्नुभयो

सम्बन्धित

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

नेकपा स्थापना दिवस : च्यासलको कार्यक्रममा ओलीले सम्बोधन गर्ने

काठमाडौंमा अब बसपार्कबाट मात्र यातायात सञ्चालन गर्नुपर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com