ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छिमेकी मुलुकसँगको सम्बन्ध नयाँ उचाइमा – अध्यक्ष प्रचण्ड


एबीसी न्यूज

काठमाडौं, ५ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले दुई छिमेकी मुलुक चीन र भारतसँगको सम्बन्ध नयाँ उचाइमा पुगेको बताउनुभएको छ ।

“चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालनले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पु¥याइएको छ”, फिदिममा आज पत्रकारसँग कुराकानी गर्दै उहाँले भन्नुभयो, “चिनियाँ राष्ट्रपतिको भ्रमणबाट दुई मुलुकको सम्बन्ध थप विस्तारित एवम् सुदृढ भएको छ ।”

अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपतिले नेपालको विकासमा देखाउनुभएको तत्परताबाट नेपालले ठूलो फाइदा उठाउन सक्ने बताउँदै नेपाल–भारत पेट्रोलियम पाइपलाइन सञ्चालन एक सामान्य कुरा नभइ सम्बन्धलाई नयाँ चरणमा पु¥याउने घटना भएको उल्लेख गर्नुभयो ।

सङ्क्रमणकालीन मुद्दा टुङ्ग्याउने काम अन्तिम चरणमा पुगेको उल्लेख गर्दै उहाँले हिजो मात्रै सत्तारुढ दल नेकपा र प्रतिपक्षी नेपाली काङ्ग्रेसका नेताबीच सङ्क्रमणकालीन मुद्दा चाँडो टुङ्ग््याउने विषयमा समझादारी भएको जानकारी दिनुभयो ।

अध्यक्ष दाहालले द्वन्द्वकालीन घटनाका पीडितको सहमतिमा शान्ति प्रक्रियाको सबै काम टुङ्गो लाग्ने विश्वास व्यक्त गर्नुभयो ।

फरक प्रसङ्गमा अध्यक्ष दाहालले नेकपाको एकताको काम अन्तिमचरणमा पुगेको उल्लेख गर्दै चाँडै प्रदेशस्तरमा प्रशिक्षण कार्यक्रम आयोजना गरी पार्टी नयाँ अभियानमा जाने बताउनुभयो । यस सम्बन्धमा हिजो प्रधानमन्त्री एवं पार्टीका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग विस्तृत कुराकानी भएको उहाँको भनाइ छ ।

पत्रकारहरुको जिज्ञासामा उहाँले मन्त्री हेरफेर गर्ने विषय प्रधानमन्त्रीको क्षेत्राधिकारको विषय भएको बताउनुभयो ।

अध्यक्ष दाहालले सरकार संवैधानिक समस्यामा नपर्न कानून र ऐन निर्माणमा केन्द्रीत हुँदा पहिलो वर्ष विकास निर्माणलगायत समग्र पक्षमा ध्यान पु¥याउन नपाएको बताउँदै उक्त आधार वर्षलाई टेकेर सरकार नयाँ जोश र जागरसहित अघि बढ्ने विश्वास व्यक्त गर्नुभयो ।

नेकपा पाँचथरले आयोजना गरेको अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहभागी हुन अध्यक्ष दाहाल फिदिम आइपुग्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com