ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

थाईल्यान्डका राजाले ‘श्रीमती’ लाई दिए विश्वासघातको सजाय


एबीसी न्यूज
५ कार्तिक २०७६, मंगलबार   ८ : ३९   बजे


बैंकक, ५  कात्तिक ।  थाईल्यान्डका राजा महा वाचिरालङ्कनले आफ्नी एक पत्नी सनीनातको शाही उपाधि खोसेका छन्। महिलाले विश्वासघात गरेको आरोप लगाउँदै राजाले पत्नीको शाही उपाधिखोसिदिएको बताइएको छ । उनी राजा बन्नुभन्दा पहिला ती महिला उनकी एक भित्रिनी थिइन्। उनका व्यवहारहरू अपमानजनक भएको र महत्वाकाङ्क्षी बनेको बताइएको छ ।

राजाले चौथो पत्नीको रूपमा रानी सुथिदासँग बिहे गरेको दुई महिनालगत्तै ती महिलालाई जुलाई महिनामा चाओ खुन फ्रा सिनिनात बिलासकलयानीको उपाधि दिएका थिए। उक्त उपाधि झन्डै एक शताब्दीमा पहिलो पटक दिइएको बताइन्छ। मेजर जेनरल सिनीनात तालिमप्राप्त पाइलट, नर्स र अङ्गरक्षक हुन् ।

गत अगस्टमा उनले सैन्य पोसाकमा जेट विमान चलाइरहेको फोटो औपचारिक रूपमा सार्वजनिक गर्दै राजाले उनको शाही जीवनगाथा सिर्जना गर्न निर्देशन दिएको उल्लेख थियो।सिनीनातको उपाधि खोसिने घोषणा सोमवार राजपत्रमा प्रकाशित भयो । उनी वर्षौंदेखि राजाको नजिक थिइन् ।राजाले सुतिदासँग विवाह गरेपछि पनि सनीनात शाही कार्यक्रममा नियमित उपस्थित हुने गर्थिन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu