काठमाडौँ, ४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालका कुनै पनि सडकका पेटीमा ुसडक मानिसु देख्न नपर्ने बताउनुभएको छ । आज सोमबार दिउँसो नागढुंगा–नौबिसे सुरुङ मार्ग शिलान्यास कार्यक्रम बोल्दै सडकमा जिंग्रिङ्ग भएर अब कोही पनि बस्न नपर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो अब सडकमा कोही पनि सुतेको, जिंग्रिङ्ग भएर बसेको देख्नु पर्दैन । सडकमा मान्छे हुनै सक्दैन । हरेकको व्यवस्था गरिन्छ । आवास दिइन्छ । अब नो स्ट्रिट पिपल । प्रधानमन्त्री ओलीले सडक बालबालिका पनि देख्न नपर्ने बताउनुभयो। सरकारले सडक बालकालिकाहरुलाई भएसम्म आफ्नै घरका व्यक्तिलाई जिम्मा लगायउने र घरबार नै नभएकालाई सरकारले जिम्मा लिने बताउनुभयो । उहाँले भन्नुभयो, ुकोही पनि नभएका बालबालिकाको जिम्मा सरकारले लिन्छ । लालनपालन, शिक्षा सरकारले दिन्छ र योग्य नागरिक बनाउँछ । यो जिम्मा सरकारकै हो । ु
प्रतिक्रिया दिनुहोस्