ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ २८, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्री ओली र उपमहासचिव कनेमवीच शिष्टाचार भेट


एबीसी न्यूज
कार्तिक ४, २०७६ सोमबार   २ : ०९   बजे

काठमाडौं, ४ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव डा नतालिया कनेमलले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
उपमहासचिव डा कनेम राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए)का कार्यकारी निर्देशकसमेत हुनुहुन्छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीसित उपमहासचिव डा कनेमले शिष्टाचार भेटवार्ता गर्नुभएको हो । युएनएफपीए कार्यकारी निर्देशक तथा उपमहासचिव डा कनेम नेपालको दुईदिने औपचारिक भ्रमणमा आइतबार नेपाल आइपुग्नुभएको थियो ।
सन् २०१७ मा यूएनएफपीएको कार्यकारी निर्देशक पदमा नियुक्त हुनुभएका डा कनेम पहिलोपटक नेपाल भ्रमणमा आउनुभएको हो । उहाँका साथमा एशिया र प्रशान्तका लागि युएनएफपीएका क्षेत्रीय निर्देशक वियोन एण्डरसन र युएनएफपीएका चिफ अफ स्टाफ पियो स्मिथ पनि हुनुहुन्छ । सो भेटमा यहाँस्थित युएनएफपीएका देशीय निर्देशक लुम्ना बाक्वीको हुनुहुन्थ्यो ।
यस वर्ष युएनएफपीएको ५० औँ वार्षिकोत्सव तथा जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ९आइसिपिडी० को २५औँ वार्षिकोत्सव मनाइँदैछ । सन् १९९४ इजिप्टको कायरोमा सम्पन्न आइसिपिडीको कार्ययोजना कार्यान्वयनमा नेपालले गरेको प्रतिबद्धताअनुसार हालसम्म गरेको उपलब्धिसँग साक्षात्कार हुन डा कनेमसहितको टोली उच्चस्तरीय भ्रमणमा नेपाल आएको हो ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासित आइतबार युएनएफपीएका कार्यकारी निर्देशक डा नतालिया कनेमले आज भेटवार्ता गर्नुभएको थियो । नेपालले सन् १९७१ देखि युएनएफपीएसँगको आर्थिक एवम् प्राविधिक सहयोगमा यौन तथा प्रजनन् स्वास्थ्य, परिवार व्यवस्थापन, लैङ्गिक समानता र मानवअधिकार, युवा सहभागिता, बालविवाह अन्त्य, महिला हिंसा अन्त्य, जनसङ्ख्या व्यवस्थापन र विपद्मा मानवीय सहयोगलगायतका क्षेत्रमा कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘२ रुपैयाँको पनि बदमासी प्रमाणित भए सार्वजनिक जीवन त्याग्छु’ : अर्थमन्त्री स्वर्णिम वाग्ले

सुरु हुँदै फुटबल महाकुम्भ

सम्बन्धित

अर्थमन्त्रीले संसदीय समितिमा झुट बोल्नुभयो : ज्ञानेन्द्र शाही

काठमाडौंका यी क्षेत्रमा ३ दिन साढे ३ घण्टा विद्युत आपूर्ति बन्द हुने

आज सातै प्रदेशमा वर्षाको सम्भावना

नेपाल–भारत सीमा व्यवस्थापन संयुक्त कार्य समूहको बैठक अगस्टमा बस्छ : परराष्ट्रमन्त्री खनाल

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group