ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

युवा वैज्ञानिकलाई स्वदेश फर्कन उपराष्ट्रपतिको आग्रह


admin
कार्तिक ४, २०७६ सोमबार  १ : ५२ बजे

 

काठमाडौं, ४ कात्तिक । उपराष्ट्रपति नन्दबहादुर पुनले विदेशका अध्ययन र कार्यरत युवा वैज्ञानिकलाई स्वदेश फर्कन आह्वान गर्नुभएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्ट र राष्ट्रिय युवा परिषद् नेपालको संयुक्त पहलमा आजदेखि शुरु भएको तीनदिने अन्तर्राष्ट्रिय युवा सम्मेलनको उद्घाटन गर्दै उहाँले देशको समृद्धि र विकासका लागि युवा वैज्ञानिकले देशमै रहेर योगदान दिनुपर्ने बताउनुभएको हो ।

उपराष्ट्रपति पुनले भन्नुभयो, “नेपाली जनताको उत्थान र आर्थिक उत्पादकत्व वृद्धिमा युवा वैज्ञानिकको अतुलनीय योगदान छ । घर घरमा श्रम गर्न सानासाना मेशिन र त्यस्तै प्रकारका प्रविधि भित्र्याउनुपर्छ । विदेशमा रहेर वैज्ञानिक खोज अनुसन्धान गर्नुभन्दा मातृभूमिमै रहेर अनुसन्धान गर्नु औचित्यपूर्ण हुनेछ ।”

बेलायतमा औद्योगिक क्रान्तिपश्चात् प्रविधिको विकास भएको उल्लेख गर्दै उहाँले त्यसैगरी नेपाली वैज्ञानिकले पनि विज्ञान प्रविधि र नवप्रवर्तनलाई नेपाली जनजीवनसँग जोड्न आवश्यक रहेको जनाउनुभयो । कार्यक्रममा सम्मेलन सफलताका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले पठाउनुभएको लिखित सन्देश प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री ओलीले यस आयोजनाले युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने उल्लेख गर्नुभयो । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधि एकअर्कासँग अन्तरसम्बन्धित रहेकाले यो बिना मुलुकले समृद्धि हासिल गर्न नसक्ने बताउँदै युवा वैज्ञानिकलाई स्वदेशमा फर्काएर प्रतिभाको सम्मान गरिने कार्यक्रम रहेको बताउनुभयो ।

युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विज्ञान र प्रविधिको प्रयोगमार्फत सुशासन, विकास र समृद्धि दिएर सबै नेपालीको घरआँगनमा खुशी दिलाउन सरकार प्रयत्नशील रहेको बताउनुभयो । नाष्टका उपकुलपति सुनिलबाबु श्रेष्ठले विज्ञान र प्रविधिका क्षेत्रमा काम गर्न सरकारले थप बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । युवा परिषद्का उपाध्यक्ष माधव ढुङ्गेलले प्रदेश नं १ मा राष्ट्रिय युवा नवप्रवर्तन केन्द्र खोल्न लागेको जानकारी दिँदै सातै प्रदेशमा क्रमशः यस केन्द्रको विस्तार गरिने बताउनुभयो ।

सम्मेलनमा ‘समृद्धिका लागि अनुसन्धान र नवप्रवर्तन’ भन्ने मूल नाराको साथ विदेशमा रहेका २० देशबाट नेपाली युवा वैज्ञानिकले भाग लिएका छन् भने भारत, जापान र चीनबाट समेत वैज्ञानिकको सहभागिता छ । छ चरणमा विभाजित सम्मेलनमा १८ वटा विषयमा कार्यपत्र प्रस्तुति, छलफल र ज्ञानको आदानप्रदान हुनेछ । कार्यक्रममा भारतका वैज्ञानिक किसान लालको पनि उपस्थिति छ ।

समृद्धिका लागि नवप्रवर्तन, संस्थागत सुधार, विज्ञानमा लगानी, पूर्वाधार विकास, सुरक्षाको लागि विज्ञान तथा विज्ञान, प्रविधि र नवप्रवर्तनमा युवाको सहभागिता, विज्ञानमा कूटनीतिक प्रयोग, विज्ञान, प्रविधि र नवप्रवर्तनको नीति निर्माण, विज्ञान, प्रविधि र नवप्रवर्तनका लागि शैक्षिकलगायत विषयमा सम्मेलनमा छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

सम्बन्धित

‘सम्पत्ति खोज्ने आयोग, खोजिने सत्य कति गहिरो?’ — एक वर्षे म्यादसहित सुरु भयो उच्चस्तरीय छानबिन !

‘यो के गरेको ?’ — आफ्नै लागि कानून लेख्दै संसद, भ्रष्टाचारमा ‘छुट’ दिने तयारी !

विवादित भूमिका : सरकार बनेको २६ दिनमै गयो २ मन्त्रीको पद

राजीनामा बुझाएर प्रधानमन्त्री कार्यालयबाट बाहिरिए सुधन गुरुङ

धितोपत्र बजारको ‘अदृश्य खेल’: ५ अर्बको चलखेलदेखि अध्यक्षको राजीनामासम्म !

अमेरिकी सहायक मन्त्री कपुरको भ्रमण: दिल्ली र बेइजिंग सशंकित !

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com