टोकियो, ३ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार जापानका प्रधानमन्त्री सिन्जो आवेसंग शिष्टाचार भेटबार्ता गर्नुहुने भएको छ । यही अक्टोवर २२ मा हुने जापानका सम्राट नारुहितोको राज्याभिषेक समारोहमा भाग लिन राष्ट्रपति भण्डारी आईतबार जापान आईपुग्नुभएको हो ।
राज्याभिषेक समारोहमा भागलिनु अघि राष्ट्रपति भण्डारीले प्रधानमन्त्री आवेसंग शिष्टाचार भेट गर्नुहुने भएको छ । दुईपक्षिय भेटका लागि सोमबार बिहान १० बजे राजदरबार स्थित स्टेट गेष्टहाउस आकासाका प्यालेसमा तय भएको छ ।
दुईपक्षिय भेटबार्तामा नेपाल जापान बिचको सम्बन्न्धका विषयमा छलफल हुने टोकियो स्थित नेपाली दुताबासका उपनियोग प्रमुख कृष्ण चन्द्र अर्यालले जानकारी दिनुभयो । यसखाले उच्च स्तरको मैत्रीपूर्ण भेटबार्ताले दुई देशको कुटनितीक सम्बन्ध बलियो हुने र सहयोग बढ्ने बिश्वास गरिएको छ । ५ दिने म्यान्मारको राजकीय भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी थाइ एयरवेजबाट थाइल्याण्डको बैंकक हुँदै जापान आईपुग्नुभएको हो ।
प्रतिक्रिया दिनुहोस्