ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समझदारी र सहकार्य गर्दा देशको भू–राजनीतिक अवस्थाको संवेदनशीलतालाई प्रमुख ध्यान दिनुपर्छ – डा. राजन भट्टराई ( भिडियोसहित)


एबीसी न्यूज
३ कार्तिक २०७६, आइतबार   ११ : २८   बजे

काठमाडौं, ३ कात्तिक ।  चिनियाँ राष्ट्रिपति सी चिनफिङको दुई दिने नेपाल भ्रमण सम्पन्न भएसँगै नेपाल र चीनबीच भएको समझदारी तथा सहमती र राजनीतिक घोषणाका बारेमा विविध कोणबाट चौतर्फी छलफल सुरु हुन थालेको छ ।

परराष्ट्र सम्बन्ध विस्तारसँगै देशको आर्थिक, सामाजिक र राजनीतिक परिवेशमा हुने परिवर्तनका लागि वर्तमान सरकारले चालिरहेको कूटनीतिक एवम् रणनीतिक कदमले देशलाई के कस्तो फाईदा हुन्छ ? भन्ने विषय आज प्रमुख चासोको विषय बन्दै गएको छ । विशेषगरी, नेपालको भू–राजनीतिक अवस्थाको संवेदनशीलतालाई विचार गर्दै देशको आर्थिक तथा सामाजिक विकास, द्धिपक्षीय हित, विश्व तथा क्षेत्रीय शान्तीको विषयमा मित्रराष्ट्र चीनसँग साझेदारी गरिएको कूटनीतिज्ञहरुको भनाई छ ।

राजनीतिक अस्थिरताको समस्याले लामो समय देशको विकास र सुशासनलाई नराम्रो संग प्रभावीत बनायो । अस्थीर राजनीतिक अवस्थाबाट देशमा अहिले संघियताको अभ्याससँगै स्थीर सरकार कायम भएको छ । यसले देशमा मात्रै होईन अन्तराष्ट्रियस्तरमै सकारात्मक सन्देश पुगेको छ । २३ वर्षपछि चिनियाँ राष्ट्रिपति सि चिनफिङको नेपाल भ्रमणले नेपाल र चीनवीचको सम्बन्धलाई थप नयाँ उचाईमा पु¥याएको परराष्ट्रविद्हरुको बुझाई छ ।  नेपाल, भारत र चीन जस्ता दुई ठूला देशहरुको बीचमा अवस्थित रहेकाले मित्र राष्ट्र तथा विदेशी राष्ट्रहरुसँग समझदारी र सहकार्य गर्दा देशको भू–राजनीतिक अवस्थाको संवेदनशीलतालाई प्रमुख ध्यान दिईनुपर्ने परराष्ट्रविद्हरु बताउँछन् । वर्तमान अवस्थाको राजनीतिक अभ्यासले व्यवस्था र प्रणाली परिवर्तन भएपनि कुनै देशलाई पक्ष वा विपक्ष बनाएर जाने नीति नेपालले लिन नसक्ने र यसको साखलाई सधैं जोगाराख्नुपर्ने परराष्ट्र विद्हरुको सुझाव रहेको छ ।

एबीसी न्युज टेलिभिजनको कार्यक्रम आउटलुकका लागि प्रधानसम्पादक शुभशंकर कंडेलसंग कुरा गर्दै प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराईले छिमेकी तथा विदेशी राष्ट्रहरुसँग सामाजिक, साँस्कृतिक, आर्थिक र बृहत्तर विकासका लागि मात्रै रणनीतिक साझेदारी हुने गरेको बताउनुभयो । तसर्थ, नेपाल विश्व शान्तीका अग्रदुत गौतम बुद्धको जन्मस्थल भएकाले पनि द्धिपक्षीय हित, विश्व तथा क्षेत्रिय शान्ती र विकासका लागि मित्र राष्ट्रहरुसँग विभिन्न सहमती र सम्झौता हुनुले विश्वमञ्चमा नै सकारात्मक सन्देश प्रवाह हुन मद्दत पुग्ने उहाँको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group