ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार २, २०८३ मंगलबार
```
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन । ▶
एमाले नफुटने नेता अन्सारीको दावी ओली विना एमाले संभव छैन ।
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिनियाँ राष्ट्रिपति सि को नेपाल भ्रमणले नेपाल र चीनवीचको सम्बन्ध थप नयाँ उचाईमा पुग्यो – परराष्ट्रविद् (भिडियोसहित)


एबीसी न्यूज
कार्तिक ३, २०७६ आईतबार   १० : ५४   बजे

काठमाडौं, ३ कात्तिक । चिनियाँ राष्ट्रिपति सी चिनफिङको दुई दिने नेपाल भ्रमण सम्पन्न भएसँगै नेपाल र चीनबीच भएको समझदारी तथा सहमती र राजनीतिक घोषणाका बारेमा विविध कोणबाट चौतर्फी छलफल सुरु हुन थालेको छ ।

परराष्ट्र सम्बन्ध विस्तारसँगै देशको आर्थिक, सामाजिक र राजनीतिक परिवेशमा हुने परिवर्तनका लागि वर्तमान सरकारले चालिरहेको कूटनीतिक एवम् रणनीतिक कदमले देशलाई के कस्तो फाईदा हुन्छ ? भन्ने विषय आज प्रमुख चासोको विषय बन्दै गएको छ । विशेषगरी, नेपालको भू–राजनीतिक अवस्थाको संवेदनशीलतालाई विचार गर्दै देशको आर्थिक तथा सामाजिक विकास, द्धिपक्षीय हित, विश्व तथा क्षेत्रीय शान्तीको विषयमा मित्रराष्ट्र चीनसँग साझेदारी गरिएको कूटनीतिज्ञहरुको भनाई छ ।

राजनीतिक अस्थिरताको समस्याले लामो समय देशको विकास र सुशासनलाई नराम्रो संग प्रभावीत बनायो । अस्थीर राजनीतिक अवस्थाबाट देशमा अहिले संघियताको अभ्याससँगै स्थीर सरकार कायम भएको छ । यसले देशमा मात्रै होईन अन्तराष्ट्रियस्तरमै सकारात्मक सन्देश पुगेको छ । २३ वर्षपछि चिनियाँ राष्ट्रिपति सि चिनफिङको नेपाल भ्रमणले नेपाल र चीनवीचको सम्बन्धलाई थप नयाँ उचाईमा पु¥याएको परराष्ट्रविद्हरुको बुझाई छ ।

यसले देशको आर्थिक तथा सामाजिक परिवर्तनका लागि वर्तमान सरकारले चालिरहेको कूटनीतिक पहल सकरात्मक र सफलतातर्फ उन्मुखको संकेत भएको पनि कूटनीतिज्ञहरुले बताईरहेका छन् । नेपाल, भारत र चीन जस्ता दुई ठूला देशहरुको बीचमा अवस्थित रहेकाले मित्र राष्ट्र तथा विदेशी राष्ट्रहरुसँग समझदारी र सहकार्य गर्दा देशको भू–राजनीतिक अवस्थाको संवेदनशीलतालाई प्रमुख ध्यान दिईनुपर्ने परराष्ट्रविद्हरु बताउँछन् । वर्तमान अवस्थाको राजनीतिक अभ्यासले व्यवस्था र प्रणाली परिवर्तन भएपनि कुनै देशलाई पक्ष वा विपक्ष बनाएर जाने नीति नेपालले लिन नसक्ने र यसको साखलाई सधैं जोगाराख्नुपर्ने परराष्ट्र विद्हरुको सुझाव रहेको छ ।

छिमेकी तथा विदेशी राष्ट्रहरुसँग सामाजिक, साँस्कृतिक, आर्थिक र बृहत्तर विकासका लागि मात्रै रणनीतिक साझेदारी हुने गरेको परराष्ट्र विद्हरु प्रस्ट्याउँछन् । तसर्थ, नेपाल विश्व शान्तीका अग्रदुत गौतम बुद्धको जन्मस्थल भएकाले पनि द्धिपक्षीय हित, विश्व तथा क्षेत्रिय शान्ती र विकासका लागि मित्र राष्ट्रहरुसँग विभिन्न सहमती र सम्झौता हुनुले विश्वमञ्चमा नै सकारात्मक सन्देश प्रवाह हुन मद्दत पुग्ने उनीहरुको विश्वास छ ।

छिमेकी मुलुकहरुसँग विश्वासको वातावरण विकास गर्दै द्धिपक्षीय रुपमा व्यापारीक सम्बन्ध स्थापीत गर्न र लगानी भित्र्याउनु उपलब्धिमूलक हुने परराष्ट्र विद्हरु बताउँछन् । नेपालमा आर्थिक समृद्धिको आधार भनेको जलविद्युत् पनि हो । तसर्थ, जलविद्युत् उत्पादन, पर्यटन र पूर्वाधार निर्माणको स्तरोन्नति गर्दै दुई देशबीचको कनेक्टिभिटीलाई विस्तार गर्न सक्नु ऐतिहासिक उपलब्धी हुने उनीहरुको सुझाव छ । पछिल्लो समय चिनियाँ राष्ट्रपति सीले गरेको नेपाल भ्रमणसँगै नेपालमा रेलमार्गको लागि बाटो खुलेको र पर्यटन वर्ष २०२० लाई सफल बनाउन पनि टेवा पुग्ने परराष्ट्रविज्ञहरु दाबी गर्छन् ।

देशमा दुईतिहाई बहुमत सहितको कम्युनिष्ट स्थायी सरकार कायम भएको छ । चीनमा पनि कम्युनिष्टहरुले ७० वर्ष लामो शासन गरेर विश्वमञ्चमा नै अर्थतन्त्रमा अब्बल हुदै प्रतिष्ठा जमाउन सफल भएका छन् । तसर्थ, भू–राजनीतिक संवेदनशीलतालाई प्रमुख ध्यानमा राखी आर्थिक, सामाजिक, साँस्कृतिक एवम् बृहत्तर विकासका लागि चीन लगायत सबै छिमेकी तथा विदेशी राष्ट्रसँग सबल परराष्ट्र नीति अवलम्बन गर्नुमानै नेपालको हित हुने देखिनछ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

सम्बन्धित

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

तीन मौसमी वायुको प्रभाव :आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

सांसद खुश्बु ओलीको चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ

कोसी प्रदेशको बजेट ४० अर्ब ४४ करोड रुपैयाँ (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group