काठमाडौं, ३ कात्तिक । अबको ३ महिनापछि हिन्दू धर्मावलम्बीले पशुपतिनाथ मन्दिर क्षेत्रमा बागमतीको पानीमा नुहाउन सक्नेछन् । गुहेश्वरीमा स्थापना गरिएको बागमतीको फाहेोर पानी प्रशोधन केन्द्रको ९५ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ । जसका कारण पनि अब बागमतीको पानी स्वच्छ हुनमा आशा गर्न सकिनेछ ।
काठमाडौंको गुहेश्वरीमा निर्माणाधीन बागमतीको फोहोर पानी प्रशोधन केन्द्र निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । आयोजनाको करीब ९० प्रतिशत काम सम्पन्न भइसकेको छ ।
शनिबार उक्त प्रशोधन केन्द्रको अवलोकनका लागि पुगेकी खानेपानी मन्त्री बिना मगरसहितको टोलीले आयोजनाबारे जानकारी लिएको थियो । निर्माणकार्य सम्पन्न भएपछि गोकर्णदेखि गुह्वेश्वरीसम्मको पानी प्रशोधन गर्न सकिने आयोजनाले बताएको छ ।
प्रशोधन केन्द्र निर्माण सम्पन्न भएपछि पौडी खेल्न र पशुपति क्षेत्रमा ढुक्क भएर नुहाउन सकिन्छ’ । एसियाली विकास बैंकको २ अर्ब ५५ करोड लागतमा निर्माणाधीन आयोजना सम्पन्न भएपछि ३९० लिटर पानी प्रतिकेसेण्ड प्रशोधन गर्न सकिने छ । यस्तै प्रतिघण्टा ३२० किलोवाट बिजुली समेत उत्पादनगर्न सकिनेछ । बागमतीको पानीमा भएको फोहोर जम्मा गरेर ग्यासबाट बिजुली निकाल्ने सकिने काठमाडौ उपत्यका फोहरपानी व्यवस्थापन आयोजनाका प्रवन्धक सुरत कुमार बमले बताए ।
आयोजनाको अवलोकपछि खानेपानी मन्त्री मगरले ऐतिहासिक महत्व बोकेको बागमती नदी सफाइका लागि सरकारले अभियान सञ्चालन गरेको भन्दै यसलाई सफल बनाउन सबैपक्षको सहयोग जरुरी रहेको बताइन् ।
खोलानाला प्रदूषित हुदा वातावरणमा समेत नकारात्मक असर पर्ने गरेको छ । पानीका मुहान पछिल्लो समयमा दिनप्रतिदिन ढलले भरी रहेका छन् । फोहोरपानी प्रशोधन गरी वातावरण सफा गर्ने र पानीलाई दुषित रहित बनाउने काम राम्रो हो । यसलाई उचित ढंगले व्यवस्थित गर्नु सक्नु पर्छ ।
प्रतिक्रिया दिनुहोस्