ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चीन भ्रमण फलदायी : मुख्यमन्त्री पोखरेल


एबीसी न्यूज
कार्तिक २, २०७६ शनिबार  ५ : ५२ बजे

काठमाडौं, २ कात्तिक । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले चीन भ्रमण फलदायी भएको बताउनुभएको छ । विकास, द्विपक्षीय सम्बन्ध र अनुभव आदानप्रदानका लागि मुख्यमन्त्रीको भ्रमण अत्यन्तै फलदायी भएको मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार शेरबहादुर कसीले आज प्रेस विज्ञप्तिमार्फत जानकारी गराउनुभयो ।

चीनको सिचुवान प्रान्तले आयोजना गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ बिआरआई सिचुवान अन्तरराष्ट्रियमैत्री शहरहरूको सम्मेलनमा भाग लिन असोज २७ गते चीन भ्रमणमा जानुभएका मुख्यमन्त्री पोखरेल शुक्रबार स्वदेश फर्कनुभएको हो ।विश्वका ३२ देशका ४३ प्रान्त तथा शहरहरूको सहभागिता भएको उक्त कार्यक्रमको उद्घाटनसत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले चीनका राष्ट्रपतिको नेपाल भ्रमण र त्यस अवसरमा भएका समझदारी तथा सम्झौताले नेपालमा उत्साह ल्याएको र नेपाल—चीन सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको चर्चा गर्नुभएको थियो । राष्ट्रपति सी चिनफिङले अघि सारेको बिआरआई एक विश्वव्यापी अभियान भएको, यसमा आवद्ध सहभागी राष्ट्रहरूबीच सहकार्य गर्न र विकासका नयाँ सम्भावनाहरू खोज्न लाभदायक हुने विचार उहाँले व्यक्त गर्नुभएको विज्ञप्तिमा जनाइएको छ ।

उद्घाटनसत्रपछि भएको गभर्नरहरूको सम्मेलनलाई विशेष सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले नेपालले छिट्टै चेङ्दुमा महावाणिज्य दूतावास खोल्ने बताउनुभयो । सम्मेलनपश्चात भगिनी सम्बन्ध कायम भएका प्रान्त र शहरहरुबीच विकास निर्माणका लागि केही साझा अवधारणाहरू बनाएर अघि बढ्ने समझदारी भएको छ । सिचुवान प्रान्त र प्रदेश नं ५ बीच गएको असार १७ गते भगिनी सम्बन्ध कायम गर्ने समझदारी भएको थियो ।त्यसैगरी सम्मेलनको संस्कृति तथा पर्यटनसत्रलाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले बुद्धजन्मस्थल लुम्बिनीलगायतका पर्यटकीयस्थलहरूको महत्वको चर्चा गर्दै सहभागीहरुलाई लुम्बिनी भ्रमणका लागि निमन्त्रणा गर्नुभएको थियो । प्रदेश नं ५ बौद्ध संस्कृतिका साथै बर्दिया राष्ट्रिय निकुञ्जलगायतका प्राकृतिक र सांस्कृतिक सम्पदाले महत्वपूर्ण रहेको उहाँले जानकारी दिनुभयो ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानास्थलमा चेङ्दुबाट सिधा उडानका लागि सिचुवान प्रान्त सरकारलाई सहयोगका लागि अनुरोध गर्दै उहाँले सिधा उडानले बुद्धजन्मस्थल लुम्बिनी आउन चाहने चिनियाँ, खासगरी सिचुवानका जनताका लागि फाइदा पुग्ने बताउनुभयो । मुख्यमन्त्रीले लुम्बिनीलाई सिचुवान सरकारले रणनीतिक पर्यटकीयस्थलको रूपमा समेट्नु उपयुक्त हुने सुझाव दिनुभएको थियो । पाँचदिने भ्रमण दलमा प्रतिनिधिसभा सदस्य सुजिता शाक्य, प्रदेश नं ५ का प्रमुख सचिव तोयनारायण ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा विष्णुप्रसाद गौतम र मुख्यमन्त्रीका स्वकीय सचिव सरोजकुमार रेग्मी सहभागी हुनुभएको थियो ।

त्यसैगरी सिचुवान प्रान्तस्तरीय कम्युनिष्ट पार्टी प्रमुखको नेतृत्वको पार्टी तथा प्रान्तीय सरकारको टोलीसित प्रदेश नं ५ को टोलीको औपचारिक भेटघाट तथा छलफलसमेत भएको मुख्यमन्त्रीको निजी सचिवालयले जनाएको छ । भेटमा विशेषगरी बिआरआईअन्तर्गत पर्यटन, जडीबुटी, उद्योग, आइटी र छात्रवृत्ति आदानप्रदान गर्ने विषयमा भएको थियो । चिनियाँ मोडलको औद्योगिकग्राम खोल्न सकिने, योजनाबद्ध जग्गा तथा शहरी विकासको दिशामा सिचुवानबाट प्रदेश नं ५ ले सिक्न सक्ने सम्भावनाका विषयमा पनि छलफल भएको थियो ।त्यसैगरी, नेइजियाङ शहरमा आयोजित औद्योगिक प्रवद्र्धन सम्मेलनलाई सम्बोधन गर्दै मुख्यमन्त्रीे पोखरेलले प्रदेश नं ५ मा औद्योगिक विकासको स्थिति र सम्भावना तथा नेइजियाङ शहरसितको सहकार्यका विषयमा चर्चा गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

बल्खुको सुकुम्बासी बस्तीमा डोजर, बौद्ध गुम्वादेखि पाथिभरा मन्दिरमाथि समेत नांगो नाच!

सम्बन्धित

राष्ट्रपति कार्यालय पुग्यो अर्को अध्यादेश

घरमा डोजरले हानेपछि ‘हेर्न सकिनँ’ भन्दै हिँडेका ६१ वर्षीय इन्द्रबहादुर बल्खु खोलामा मृत भेटिए

बल्खुको सुकुम्बासी बस्तीमा डोजर चलेको केही घण्टामै अर्का पुरुषले गरे आत्महत्या

देशका अधिकांश भागमा वर्षाको सम्भावना

वैशाख शुक्ल पूर्णिमा : आज उभौली पर्व मनाइँदै

आज वैशाख शुक्ल पूर्णिमाः बुद्ध जयन्ती मनाइँदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com