ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ४, २०८३ बिहीबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित


एबीसी न्यूज
कार्तिक २, २०७६ शनिबार   ९ : ०५   बजे


काठमाडौँ, २ कात्तिक ।  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान(न्याम्स) ले स्नातकोत्तर तहको एमडी/एमएस/एमडिमएसको प्रवेश परीक्षा अर्को सूचना जारी नभएसम्म स्थगित गरेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नयाँ शैक्षिक सत्र २०७६/७७ का लागि लिइने सो तहको प्रवेश परीक्षा सञ्चालन गर्न शुक्रबार न्याम्सलाई निर्देशन दिएपछि परीक्षा स्थगित भएको थियो । पूर्व सूचनाअनुसार आज परीक्षा सञ्चालन हुँदै थियो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री न्याम्सको सहकुलपति हुने प्रावधान रहेको छ । न्याम्सका डिन प्रा डा पियूष दाहालले मन्त्रालयको निर्देशनअनुसार प्रवेश परीक्षा स्थगित भएको जानकारी दिनुभयो । न्याम्सलाई नयाँ शैक्षिक सत्रका लागि नेपाल मेडिकल काउन्सिलले एमडी÷एमएस÷एमडिमएस ११५ र डिएम÷एमसीएचतर्फ २१ सिट सङ्ख्या अध्ययन अध्यापन गर्न स्वीकृति दिएको थियो ।

एमबिबिएस बिडिएस तहको नयाँ शुल्क निर्धारण, शुल्क वृद्धि भयो

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षाको स्नातक तहको नयाँ शुल्क निर्धारण गरेको छ । आयोगको असोज १ र ३० गतेको बसेको बैठकले नयाँ शैक्षिक सत्र २०७६÷७७ का लागि चिकित्सा शिक्षाको स्नातक तहअन्तर्गत एमबिबिएस र बिडिएस कार्यक्रमका लागि नयाँ शुल्क निर्धारण गरेको आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

उपत्यकाभित्र एमबिबिएस अध्ययन गर्न रु ४० लाख २३ हजार २५० र उपत्यका बाहिर रु ४४ लाख ३६ हजार २५ शुल्क निर्धारण गरेको छ । त्यसैगरी, बिडिएसका लागि उपत्यकाभित्र र बाहिर रु २० लाख १९ हजार ५८० तोकिएको विज्ञप्तिमा जनाइएको छ ।

यसअघि एमबिबिएस तहका लागि उपत्यकाभित्र रु ३८ लाख ५० हजार र उपत्यका बाहिर रु ४२ लाख ४५ हजार तथा बिडिएसका लागि उपत्यकाभित्र रु १९ लाख ३२ हजार ६१२ शुल्क रहेको थियो । नयाँ शैक्षित्र सत्रदेखि अब एमबिबिएस तह अध्ययन गर्न करीब रु दुई लाख र बिडिएसमा तहमा करीब रु एक लाख शुल्क वृद्धि भएको देखिन्छ ।

नेपाल राष्ट्र बैंकको आर्थिक वर्ष २०७५ को मुद्रास्फिर्तिका आधारमा नयाँ शुल्क कायम गरेको विज्ञप्तिमा जनाइएको छ । विज्ञप्तिमा आयोगले चिकित्सा शिक्षा ऐनको दफा १८९ख० अनुसार विद्यार्थीबाट लिइने एक तिहाइ रकम पहिलो वर्षमा र बाँकी रकम वार्षिकरुपमा किस्ताबन्दीमा लिइने जनाएको छ ।

सोही दफाको ९ग० मा विद्यार्थीले पहिलो वर्षको शुल्क सम्बन्धित विश्वविद्यालयमार्फत बुझाउनुपर्ने उल्लेख भएबमोजिम एक तिहाइ हुन आउने रकम काठमाडौँ उपत्यकाभित्र रु १३ लाख ४१ हजार र उपत्यका बाहिर रु १४ लाख ७८ लाख ६७५ हुनेछ । ऐनको अनुसार आगामी वर्ष २०७७÷७८ का लागि सिट सङ्ख्या र शुल्क निर्धारण गर्न आयोगले विज्ञ समावेश भएको कार्यदल गठन गर्ने निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

लिङ्देनमाथि राप्रपा छाडेका दिलविकास राजभण्डारीको आरोप नै आरोप

कोलम्बियाको विजयी सुरुवात

सम्बन्धित

पूर्व र मध्य भेगमा वर्षा, बागमतीदेखि सुदूरपश्चिमसम्मको तराई भेगमा गर्मी बढ्ने

पसलमा चिया पिउन जान भ्याउने प्रधानमन्त्रीलाई चिया किसानको समस्या समाधानमा फुर्सद छैन– निश्कल राई

सुनको भाउ आज तोलामा १ हजार २०० रुपैयाँले घट्यो

एकैपटक ५ हजारभन्दा धेरै फार्मेसीको दर्ता खारेज (सूचीसहित)

मुस्ताङमा भारतको सहयोगमा उच्च प्रभाव सामुदायिक विकास परियोजना उदघाटन

रास्वपा सांसद खनालमाथि छात्रवृत्ति दुरुपयोगको आरोप

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group