ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समृद्ध नेपाल निर्माणमा योगदान गर्ने एनआरएनएको प्रतिबद्धता


एबीसी न्यूज
१ कार्तिक २०७६, शुक्रबार   ८ : १३   बजे

काठमाडौं, १ कात्तिक । गैरआवासीय नेपाली सङ्घ एनआरएनए को नवनिर्वाचित नेतृत्वले समृद्ध नेपाल निर्माणको अभियानमा सक्रिय योगदान गर्ने प्रतिबद्धता जनाएको छ ।

सङ्घको नवौँ विश्व नेपाली सम्मेलन तथा अन्तर्राष्ट्रिय महाअधिवेशनबाट आज निर्वाचित पदाधिकारी एवं सदस्यहरुले नेपालको विकासको अभियानमा प्रतिबद्ध भएर लाग्ने बताएका हुन् । सङ्घका नवनिर्वाचित अध्यक्ष कुमार पन्तले सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई सार्थक र प्रभावकारी तुल्याउन सिङ्गो एनआरएन एकताबद्ध ढङ्गले लागी पर्ने बताउनुभयो ।

उहाँले समृद्ध नेपाल निर्माणका लागि एनआरएनएले घोषणा गरेको कम्तिमा पनि रु १० खर्ब लगानी भित्र्याउन लागी पर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । “नेपाल सरकार र नेपाली जनताले हामी ९एनआरएन० बाट निकै ठूलो आशा र अपेक्षा गरेको मैले राम्रोसँग महसुस गरेको छ,ु हामीले भर्खर सरकारसँग कमसेकम पनि रु १० अर्ब लगानी भित्र्याउछौँ भनेका छौँ, त्यसका निम्ति म प्रतिबद्ध छु र निरन्तर लाग्नेछु,” उहाँले भन्नुभयो ।

निर्वाचनका दौरानमा जेजस्ता गतिविधि र परिणाम आए पनि सबै पक्षलाई समेटी एकताबद्ध बनाएर लैजाने बताउँदै अध्यक्ष पन्तले निर्वाचन घोषणा पत्रमा उल्लेख गरिएका प्रतिबद्धतालाई प्रभावकारी कार्यान्वयनमा लैजाने प्रण गर्नुभयो ।

एनआरएनमा आवद्ध सदस्यलाई निःशूल्क बनाउने तथा प्रतिनिधिका नाममा संस्थालाई साँघुरो हैन सबै सदस्यले मतदानमा भाग लिन पाउने व्यवस्था मिलाउने उहाँको भनाइ छ ।

करीब ८० लाख एनआरएनमध्ये झण्डै ४० लाख विभिन्न क्षेत्रमा काम गर्ने श्रमिक मजदुर रहेको भन्दै अध्यक्ष पन्तले उनीहरुको हक, हित तथा सेवा सुविधालगायत सबै विषयमा प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो ।

सङ्घका नवनिर्वाचित महासचिव डा हेमराज शर्माले एनआरएनलाई सबैको साझा संस्थाको रुपमा स्थापित गर्दै नेपालको आर्थिक समृद्धिको अभियानमा सक्रियतापूर्वक योगदान गर्ने उल्लेख गर्नुभयो ।

एनआरएनका महिला उपाध्यक्ष रविना थापाले आफ्नो जीत सम्पूर्ण एनआरएनको जीत भएको उल्लेख गर्दै सम्पूर्ण नेपाललाई जोड्न संस्थाले खेलिरहेको भूमिकालाई भविष्यमा थप बलियो र प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । संस्थामा अहिले महिला सहभागिता अत्यन्त न्यून रहेकाले महिला सहभागिता वृद्धिका लागि सक्दो पहल गर्ने बताउनुभयो ।

नवनिर्वाचित उपाध्यक्ष मन केसीले एनआरएनको विगतमा भएका कमीकमजोरीको सुदृढीकरण गर्दै विगतमा गरिएका प्रतिबद्धताको समीक्षा गर्दै आगामी रणनीति तयार गर्ने बताउनुभयो । एनआरएन महिला संयोजक शोभादेवी लिम्बूले पदीय जिम्मेवारी बढेको र महिला हक अधिकारको क्षेत्रमा सक्रिय भएर लाग्ने बताउनुभयो । एनआरएनको नवनिर्वाचित नेतृत्वले आजैदेखि पदभारग्रहण गरेको छ ।

नेपाल भ्रमण वर्षको सँघारमा भएको एनआरएनको नयाँ नेतृत्वका अवसर र चुनौती दुवै छन् । विभिन्न मुलुकबाट नेपाल आउने विदेशी पर्यटकको निरन्तर बढोत्तरी तथा पूर्वाधार, ऊर्जा, पर्यटनमा लगानी भित्र्याउने उपयुक्त अवसर पनि बन्ने विश्वास लिइएको छ । नेपालको कूटनीतिक सम्बन्ध नभएका मुलुकका समेत एनआरएनएको बलियो उपस्थिति रहेकाले नेपालको उचित प्रवद्र्धन गरी पर्यटक भित्र्याउन महत्वपूर्ण भूमिका खेल्नसक्ने सरकारले पनि विश्वास लिएको छ ।

सम्मेलनमा ८१ मुलुकका दुई हजार ५०० प्रतिनिधि सहभागी थिए । ‘म मेरो एनआरएनए र मेरो नेपाल’ भन्ने नाराका साथ तीन दिनसम्म भएको सम्मेलनमा नेपालमा आर्थिक लगानीको सम्भाब्यता, लगानी भित्र्याउने वातावरण निर्माण तथा सङ्गठन सुदृढीकरण आदि विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group